भारतका पूर्वप्रधानमन्त्री सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि ...
पुस १३, २०८१ शनिबार
म्याग्दी – बुधबार मध्यरातमा परेको असिना पानीले म्याग्दीका कृषकहरुले आफ्नो खेतबारीमा लगाएको लाखौंको तरकारी नष्ट भएको छ । राति परेको भीषण असिना र पानीले बिक्री गर्ने तयारीमा रहेको तरकारी खेतीमा क्षति पुर्याएको हो ।
असिना र पानीले तरकारी खानका लागि तयारीमा अवस्थामा रहेको बन्दा, काउली, आलु, गाजर, रायो साग, लसुन, प्याज, धनियालगायतका बेमौसमी तरकारी खेतीमा क्षति पुर्याएको कृषकहरुले गुनासो गरेका छन् । म्याग्दीको बेनी नगरपालिकाको ज्यामरुककोट, खबरा, बगरफाँट, लगायतका क्षेत्रमा लगाइएको तरकारी खेती असिना पानीले नष्ट गरिदिएको छ ।
असिनाले खबरामा लगाइएको केरा खेतीमा समेत असर पुर्याएकाे छ । बुधबारको राति परेको असिना र पानीले खासगरी म्याग्दी सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा लगाइएको तरकारी बालीमा बढी असर गरेको छ । खानयोग्य तरकारी बाली असिना पानीले नष्ट गरेपछि किसानहरु चिन्तित बनेका छन् ।
गएको ४० वर्षदेखि व्यावसायिक रुपमा तरकारी खेती गर्दै आउनुभएका खबराका अगुवा कृषक चन्द्रबहादुर कार्कीले असिनाले आफ्नो करिब चारलाख रुपैयाँ बराबरको तरकारी खेती नष्ट गरेको गुनासो गर्नुभयो ।
बेनी नगरपालिकाको खबरालगायत क्षेत्रबाट बेनीबजारमा दैनिक रुपमा तरकारी आयात हुने गर्दछ । जिल्लाको उच्च हिमाली र पहाडी क्षेत्रमा बुधबार बाक्लो हिमपात हुनुका साथै तल्लो क्षेत्रमा असिना पानी परेको हो । असिनाले वनजङ्गलमा रुखका हाँगा तथा पातपतिङ्गर समेत झारेको छ । असिनाले तरकारी बालीका साथै पाक्न लागेको गहुँ बालीलाई पनि क्षति पुर्याएको छ ।
वर्षा र हिमपातले सताइरहेका समयमा असिना पानीसमेत परेपछि जनजीवन थप कष्टकर बनेको छ । म्याग्दीको तल्लो क्षेत्रमा अचानक असिना परेपछि जमिन पुरै सेताम्मे भएको छ भने बेमौसमी तरकारी बाली तथा अन्नबालीमा पनि क्षति पुगेको हो ।
लगातार तीन दिनसम्म परेको वर्षा, हिमपात र असिनाका कारण हिउँदेबालीमा क्षति पुगेपछि किसानहरु मर्कामा परेका छन् । अत्यधिक चिसोका कारण हिउँदे बालीमा क्षति पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।