मैलुङ-स्याफ्रुबेसी सडकमा ब्लास्टिङ सुरु

 फागुन २१, २०७५ मंगलबार १७:५६:० | हिमनाथ देवकोटा
unn.prixa.net

फाइल तस्बिर

रसुवा – राष्ट्रिय प्राथमिकता प्राप्त मैलुङ-स्याफ्रुबेसी सडकमा झरेको पहिरो पन्छाउनका लागि मंगलबारदेखि ब्लास्टिङ गर्ने काम सुरु भएको छ । 

वर्षातले गर्दा सडकमा झरेका ठूला ढुङ्गा हटाउनका लागि मंगलबारदेखि ब्लास्टिङ गर्न थालिएको हो । ब्लास्टिङ सकिएको चार दिनमा सडक सुचारु गर्न सकिने गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले जनाएको छ । 

१० दिन भित्र सडकमा सवारी सञ्चालन गर्न सकिने योजना प्रमुख सुवोध कुमार देवकोटाले बताउनुभयो । ‘ब्लास्टिङका लागि चाँडो अनुमति पाएको भए यतिबेलासम्म सडक सञ्चालनमा आइसक्थ्यो, उनले भने, ढिलै भए पनि काम सुरु भएको छ ।’

गएको जेठ ६ गते सडकको ट्रयाक खोल्ने कार्य सकिएको थियो । त्रिदेशीय व्यापारमा सहज बनाउनका लागि निर्माण गरिएको सडक हस्तान्तरण भएपछि स्तरोन्नती हुन सकेको थिएन । सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) असारमा सकाएर काम सुरु गर्ने योजनाका साथ प्रक्रिया अघि बढेको थियो ।

वर्षातको समयमा पहिरोले सडकमा थप क्षति गरेपछि निर्माण गरिएको डीपीआर संशोधन गर्न परेका कारण निर्माण कार्य पछि धकेलिएको थियो । यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ । 

बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ । 
 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हिमनाथ देवकोटा

रसुवाका पत्रकार हिमनाथ देवकोटाका उज्यालोका पनि जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया