गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
इलाम – इलाममा चलिरहेको पाँचौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माई भ्याली गोल्डकपमा हिमालयन शेर्पा क्लब काठमाण्डौ विजयी भएको छ ।
सोमबार भएको खेलमा हङकङ नेप्लिज एकाडेमी क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै हिमालयन क्लब क्वार्टरफाइलनमा प्रवेश गरेको छ ।
खेलको पहिलो मिनेटमा नै हिमालयन शेर्पा क्लबका सुनिल खड्काले गोलको खाता खोले । आठौँ मिनेटमा पुनः हिमालयनका खड्काले नै दोश्रो गोल गरी अग्रता दोब्बर बनाए । सुरुवातदेखि नै विपक्षीलाई दबाबमा राख्न सफल हिमालयनले ३७ औँ मिनेटमा अग्रता तेब्बर बनायो । हिमालयनका विसन गुरुङले गोल गर्दै पहिलो हाफमा ३–० को अग्रता बनाए ।
दोश्रो हाफको सुरुवातमा हङकङले एकमात्र जवाफी गोल फर्काउन सफल भएको थियो । ४६ औँ मिनेटमा हङकङका समीर लिम्बूले जवाफी गोल फर्काउँदै खेल ३–१ मा ल्याए । तर दोश्रो हाफमा समेत हिमालयनको दबदबा कायमै रहयो । ६६ औँ मिनेटमा पुनः हिमालयनका सुनिल खड्काले गोल गरी टिमलाई ४–१ अग्रता मात्र दिलाउँदै आफ्नो ह्याट्रिक समेत पूरा गरे । विपक्षीलाई निरन्तर दबाबमा राखेको हिमालयनका कप्तान मानबहादुर तामाङले ७७ औँ मिनेटमा गोल गरी ५–१ सहज जित दिलाएका थिए ।
खेलमा विजेता हिमालयन शेर्पा क्लब सुनिल खड्का म्यान अफ् द म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
मंगलबार पहिलो क्वार्टरफाइनमा विभागीय टिम नेपाल पुलिस क्लब काठमाण्डौ र विदेशी टिम युनाइटेड क्लब दार्जीलिङ भारत प्रतिष्पर्धा गर्नेछन् ।
चैत ५ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरी १० टिमको सहभागिता छ । माई भ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।