पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
सुर्खेत – राउटे समुदायले पहिलो पटक बैंकमा गएर तलब बुझेका छन् । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका लागि सहयोगी कार्यकर्ताका रुपमा नियुक्त भएका राउटेहरुले आज वीरेन्द्रनगरमा आएर पहिलो महिनाको तलब बुझेका हुन ।
सामाजिक सेवा केन्द्र (सोसेक) ले उनीहरुलाई उपलब्ध गराएको मासिक तलब वीरेन्द्रनगरमा रहेको मेगा बैंकमार्फत बुझेका छन् ।
राउटे मुखिया र अगुवालाई सहयोगी सामाजिक कार्यकर्ताको रुपमा जागिर दिइएको छ । सूर्यनारायण शाही, वीरबहादुर शाही, दिलबहादुर शाही, प्रकाश शाही र महिनबहादुर शाहीले पहिलो महिनाको तलब बुझेका छन् । सूर्यनारायण शाहीलाई दुई हजार अन्यलाई एक हजार पाँच सयका दरले तलब उपलब्ध गराइएको सोसेकले जनाएको छ ।
पहिलो पटक बैंकमा आएर पैसा बुझ्दा खुशी लागेको राउटे मुखिया दिलबहादुर शाहीले बताउनुभयो ।
उनीहरुलाई आफ्नो समुदायमा काम गर्नका लागि विभिन्न मापदण्ड तोकिएको छ । राउटे समुदायमा कुपोषण भएका बालकालिकालाई पोषणयुक्त खानेकुरा खानमा सहयोग गर्ने, बालबालिकालाई औषधि खुवाउनमा सहयोग पुर्याउने, समुदायको सरसफाइमा ध्यान दिने, वनजंगलको संंरक्षण गर्ने कामका लागि मासिक रुपमा तलब दिने भनेर नियुक्ति दिइएको सोसेकका अध्यक्ष हिरासिंह थापाले जानकारी दिनुभयो । राउटे समुदायलाई समाजीकरण गर्नका लागि जागिर दिइएको बताउनुभयो ।
अहिले राउटे समुदायहरु सुर्खेतको लेकवेशी नगरपालिकाको भेरी किनारामा बसिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।