मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी क...
मंसिर २६, २०८१ बुधबार
कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातनाविरुद्धको कसुर मुद्दामा फरार रहेका बर्खास्तीमा परेका एसपी डिल्लीराज विष्ट अदालतमा उपस्थित भएका छन् ।
अदालतको ३५ दिने सूचना जारी भएका बेला विष्ट मंगलबार निवेदनसहित अदालतमा उपस्थित भएका हुन् । अदालतको फरार सूचीमा रहेका दुई जनामध्ये विष्ट मंगलबार निवेदन हित उपस्थित भएको कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले बताउनुभयो ।
उहाँले विष्टको केही बेरमा बयान हुने र समय पुगे मंगलबार नै थुनचेक बहस हुने बताउनुभयो । अवस्थीका अनुसार विष्टसँगै फरारको सूचीमा रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का डीएसपी अंगुर जिसी भने सम्पर्कमा आएका छैनन् ।
निर्मला पन्त हत्या प्रकरणमा विष्टसहित प्रहरी कर्मचारीविरुद्ध निर्मलाका आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसुर र दिलिपसिंंह विष्टका दाजु खड्क विष्टले यातनाविरुद्धको कसुरमा गएको पुस ३ गते उजुरी दिनुभएको थियो ।
मुद्दाका अन्य प्रहरी कर्मचारीहरु प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकद्वय एकिन्द्र खड्का र जगदिशप्रसाद भट्ट, प्रहरी नायव निरीक्षकद्वय हरसिंंह धामी र रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद यसअघि जिल्ला अदालत कञ्चनपुरबाट धरौटीमा रिहा भइसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।