गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
माेरङ - पाँचौ साफ महिला च्याम्पियनिसपको उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएकाे छ ।
बुधबार भएका सेमिफाइनलमा आ-आफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै नेपाल र भारतले शुक्रबार हुने उपाधि भिडन्त पक्का पारेका हुन् ।
नेपालले श्रीलंकामाथि ४–० को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । नेपालको जितमा पुनम जर्घा मगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले एक-एक गोल गरेका थिए ।
यस्तै बुधबार नै भएको दोस्रो सेमिफाइनलमा गत संस्करणका उपाधि विजेता भारत र उप-विजेता बंगलादेश आमनेसामने भएका थिए । जसमा डिफेन्डिङ च्याम्पियन भारतले बंगलादेश माथि ४–० को फाराकिलो अन्तरले पराजित गरेको थियो ।
बंगलादेशविरुद्ध सुरुदेखि आक्रामक फुटबल खेलेको भारतले पहिलो हाफमै ३ गोल गरेको थियो । १७ औं मिनेटमा भारतले पाएको कर्नर किकलाई रुप्ना चक्माले गोलमा परिणत गर्दै भारतलाई सुरुवाति अग्रता दिलाएकी थिइन् । २२ औं मिनेटमा इन्दुमति काथरासेनले सहज गोल गर्दै गोलसंख्या दोब्बर बनाइन् ।
३७ औं मिनेटमा सन्ध्या रन्जनाथनको क्रसमा इन्दुमतिले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्न सफल भइन् । भारतले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि भारतले आक्रमक मुभ बनाए पनि गोल भने गर्न धौधौ परेको थियो ।
भारतका लागि सन्जु यादवले उत्कृष्ट मुभहरु बनाएकी थिइन् । इन्जुरी टाइममा भारतका लागि सब्स्टिच्यूट खेलाडी अञ्जु तामाङले चौथो गोल गरेकी थिइन् ।
भारतले अहिलेसम्म लगातार चार संस्करणको उपाधि जितिसकेको छ भने नेपाल तीन पटक फाइनलमा पराजित भएको छ भने एक पटक सेमिफाइनलमा पराजित भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।