गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - आईसीसी यू–१९ विश्वकप छनोटका लागि अभ्यास खेल खेल्न भारत गएको नेपाली युवा टिम पहिलो खेलमा विजयी भएको छ । आन्ध्र प्रदेश स्टेट टिमलाई नेपाली युवा टिमले ६२ रनले पराजित गरेको हो ।
२७७ रनको लक्ष्य पछ्याएको भारतीय टिम ४५.१ ओभरमा सबै विकेट गुमाएर २१४ रन बनाएको थियो । नेपालका कुशल मल्लले ४ तथा कमलसिंह ऐरीले ३ विकेट लिँदा पवन शर्राफले २ विकेट तथा सागर ढकालले एक विकेट हात पारे ।
दश ओभरको स्पेलमा कुशलले २ ओभर मेडन राख्दै ४१ रन खर्चिएका थिए । यसैगरी कमलसिंह ऐरीले ७.१ ओभरमा १ ओभर मेडन राख्दै ३९ रन दिएका थिए ।
भारतका लागि हर्षवर्द्धन र हेमन्त रेड्डीले सुरुवाति साझेदारी ८५ रनको गर्दै बलियो सुरुआत दिलाएका थिए । हर्षवर्द्धन ४८ तथा रेड्डी ३८ रन बनाएर आउट भए ।यसैगरी पी तेजस्वीले ४३ रन बनाए ।
पहिला ब्याटिङ गरेको नेपाल ४८ ओभरमा सबै विकेट गुमाएर २७६ रन बनाएको थियो ।
नेपालको खराब इनिङलाई कप्तान रोहित पौडेल र सन्दीप जोराले बलियो साझेदारी गर्दै उकासेका थिए । त्यसपछि कमलसिंह ऐरीले पनि उत्कृष्ट पारि खेले ।
नेपालका कप्तान रोहितले ७९ रन बनाउँदा सन्दीप ६९ रन बनाएर पेभेलियन फर्किएका थिए । कमलसिंह ऐरीले २५ बलमा ४४ रन बनाए । ४८ औं ओभरमा अन्तिम विकेटका रुपमा आउट भएका ऐरीले लगातार ५ छक्का प्रहार गरेका थिए । छैटौं बलमा उनी आउट भएसँगै नेपालको पारि २७६ रनमा रोकिएको थियो ।
नेपाली युवा टिम भारतको आन्ध्र प्रदेशको स्टेट टिमसँग ४ वटा अभ्यास खेल खेल्नका लागि त्यहाँ गएको हो ।
तस्बिर - रमण शिवाकाेटी
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।