गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
डोटी - डोटी जिल्लाका विभिन्न ठाउँमा परेको असिनाले गहुँ, तोरी तथा तरकारीवालीमा नोक्सानी गरेको छ ।
सोमबार साँझ परेको असिनाले डोटीका बडिकेदार, बोगटान, जोरायल, केआईसिंह, सायल, पूर्विचौकी लगायतका गाउँपालिका तथा दिपायल-सिलगढी नगरपालिकाका सयौँ रोपनी खेतमा लगाइएको गहुँ खेती, तोरीबाली तथा तरकारीलगायत अन्य बालीमा नोक्सानी पुर्याएको सायल गाउँपालिकाका स्थानीय माधब ओझाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बिहान घाम लागेको थियो, साँझ एकाएक असिना पर्यो, हाम्रो त गहुँखेती, तोरीबाली र तरकारीबाली सखाप पार्यो ।’
गएको महिना बाक्लो हिमपात भएका कारण गहुँ लागयतका अन्य बाली सप्रिने आशामा खुशी भएका यहाँका किसानहरु सोमबार साँझ परेको असिनाले पाक्नै लागेको गहुँबालीमा क्षति पुर्याएपछि निराश भएका छन् ।
डोटीमा वर्षासहित असिना परेको याे दाेस्राे पटक हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।