भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट
मंसिर ८, २०८१ शनिबार
काठमाडौं – पत्रकार ऋषि धमलाको जीवनमा आधारित रहेर तयार पारिएको गीतको छायांकन सकिएको छ । गीतमा धमला स्वंयमले अभिनय गरेका छन् । धमलामाथि बनेको यो पहिलो गीत हो भने उनले पनि गीतमा पहिलो पटक अभिनय गर्ने मौका पाएका हुन् ।
उनको सहकलाकारको रुपमा बोल माया गीतबाट चर्चा बटुलेकी अन्जली अधिकारी रहेकी छिन् । अधिकारी पत्रकारको भूमिकामा छिन् भने धमला अन्तरर्वाता दिने व्यक्तिका रुपमा देखिएका छन् ।
पत्रकारको भूमिकामा रहेकी अधिकारीले सँधै अरुलाई प्रश्न साेधेर हमला गर्ने धमलामाथि दोहोरी गीत मार्फत हमला गरेकी छिन् । राधिका हमाल र प्रदीप त्रिपाठीको स्वरमा रहेको गीतमा धमलाको सक्रियता र प्रवृत्तिलाई लिएर प्रसंशा र आलोचना समेटिएको छ ।
संचारकर्मी सन्तोष देउजाले गीतको रचना गरेका हुन भने संगीत संयोजन राकेस सोनीले गरेका छन् । ‘धमला धमला ऋषि धमला’ बोलको तीज भाकामा तयार पारिएको गीतलाई चाँडै बजारमा ल्याइने देउजाले बताए ।
सञ्चारकर्मी देउजाले आफ्नै शब्द तथा स्वर रहेको अर्को गीत पनि चाँडै बजारमा ल्याउने तयारी गरेका छन् । ‘हातमा सुनको चुरा, बुझि हाल कुरा’ बोलको तीज गीतको रेकिर्डिङ सक्किएको र छायांकन बाँकी रहेकाले छिट्टै छायांकन सकेर बजारमा ल्याइने उनले बताए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।