गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
ललितपुर - ए डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी क्लब बंगलादेशको ढाका आबाहनी लिमिटेडसँग १-० ले स्तब्ध भएको छ । ए डिभिजन लिग विजेता मनाङले बंगलादेशको आबाहनीबीच एएफसी कप अन्तर्गतको समूह चरणको खेलमा नेपाल पराजित भएको हो ।
जुन १९ तारिखमा मनाङले आबाहनीसँग उसकै मैदान बंगलादेशमा खेल्ने छ । सातदोबाटोमा बुधबार भएको खेलमा मनाङले पहिलो हाफमा खाएको गोल नै फर्काउन सकेन् । २७ औं मिनेटमा आबाहनीका मसिस सैघानीले कर्नर पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । हुन त नेपाली खेलाडीहरुले उत्कृष्ट मुभ बनाए पनि गोल गर्न असफल भएका थिए । ३६ औं मिनेटमा विराज मर्हनमार्फत अन्जनले पाएको पास मिस भएको थियो ।
यसैगरी विशाल राईले प्रहार गरेको बल पनि फ्रेममा पर्न सकेन् । ४१ औं मिनेटमा विशालले प्रहार गरेको कर्नर किक अबहानीका गोल किपरले जोगाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको मनाङले दोस्रो हाफ गोल फर्काउन भने असफल भयो ।
६१ औं मिनेटमा अन्जनको प्रहार जोगाउँद गरेको काउन्टर एट्याकलाई विशालले विफल बनाएका थिए ।७३ औं मिनेटमा मनाङ महत्वपूर्ण मौका गुमाउन पुग्यो । मनाङका अफिज वलावलेले प्रहार गरेको बल अभानीका किपरले बचाए ।
अब मनाङले १७ अप्रिलमा चेनाइनसँग खेल्ने छ । यसको स्थान भने तय भएको छैन् । यसैगरी मे १ तारिखमा मिनर्भा पञ्जाबविरुद्ध कालिंगा रंगशालामा खेल्ने छ ।
त्यस्तै १५ मे मा मिनर्भासँग एन्फा मैदान, १९ जुनमा आबाहनी लिमिटेडसँग बंगबन्धु रंगशाला र २६ जुनमा चेन्नाइएनसँग एन्फा मैदानमा खेल्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।