गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
टोक्याे ओलम्पिकका लागि दोस्रो चरणको छनोट खेलमा नेपाल पराजित भएको छ । म्यानमारमा भएको खेलमा घरेलु टोलीसँग नेपाल ३–१ गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफमा एक-एक गोलको बराबरी गरेको नेपालले दोस्रो हाफमा थप दुई गोल खान पुग्यो । २२ औं मिनेटमा म्यानमारले गोल गर्दै अग्रता बनाएको थियो । तर नेपालले पहिलो हाफको इन्जुरी समयमा गोल फर्काउँदै खेल बराबरीमा ल्याएको थियाे ।
त्यसअघि ३८औंं मिनेटमा नेपालका लागि सावित्रा भण्डारीले वान भर्सेस वानको अवस्थामा पनि गोल गर्न असफल भएकी थिइन् । ४३ औं मिनेटमा लगातार तीन पटक पोस्ट चार्ज हुँदा पनि गोल हुन सकेन । त्यतिबेला सावित्रा भण्डारी र निरु थापाले प्रहार गरेको बल गोल नभएको हो । निरुले प्रहार गरेको बल बारमा लागेर फर्कियो भने सावित्राको प्रहार किपरले विफल बनाइन् । इन्जुरी समयमा नेपालकी कप्तान निरुले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएकी हुन् ।
पहिलो हाफ एक-एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवातमा नै म्यानमारले फेरि अग्रता बनाएको थियो । नेपालले डिबक्समा फल गरेपछि पाएको पेनाल्टीलाई म्यानमारले ५० औं मिनेटमा २-१ काे अग्रता बनाएकाे हाे । त्यसपछि इन्जुरी समयमा एक गाेल थपेपछि म्यानमारले नतिजा ३–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।