गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ - चितवनको भरतपुरमा निर्माण हुन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको सहयोगका लागि आज (शनिबार) हुने भनिएको च्यारिटी क्रिकेट प्रतियोगिता मातृभूमि कप स्थगित भएको छ ।
रातिदेखि भएको वर्षाका कारण खेल स्थगित भएको हो । रोकिएको प्रतियोगिता अर्काे हप्ता आयोजना गरिने फाउन्डेशनले जनाएको छ ।
प्रतियोगितामा कलाकारहरुको दुई टोली र राष्ट्रिय क्रिकेटरको दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । धर्मुस सुन्तली फाउन्डेसनले बनाउने लागेको क्रिकेट मैदानको सहयोगका लागि त्रिवि क्रिकेट मैदानमा हुन लागेको प्रतियोगिता बिहान १० बजेबाट सुरू हुने भनिएको थियो ।
खेलका लागि कलाकारहरू पछिल्लो केही दिनदेखि अभ्यास गरिरहेका थिए । क्रिकेटर र कलाकारहरुलाई ‘ए’ र ‘बी टोलीमा विभाजन गरिएको छ । क्रिकेटरको ‘ए’ टिमको नेतृत्व पारस खड्काले र ‘बी’ टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् । यस्तै कलाकारको ‘ए’ टिमको नेतृत्व मदनकृष्ण श्रेष्ठले र ‘बी’ टिमको नेतृत्व हरिवंश आचार्यले गर्नेछन् ।
कलाकारको टिम ‘ए’ मा मदनकृष्णसहित सन्दीप क्षेत्री, सुनील थापा, कमल मैनाली, बद्री पंगेनी, श्याम पुरी, कुमार कट्टेल, कर्म शाक्य, हेमराज बिसी, घनश्याम गौतम, निराजन प्रधान, सन्तोष लामा, अनमोल गुरुङ, राजु ढकाल, दिपक ढकाल र दिलिप ओखेडा रहेका छन् ।
यस्तै, समूह बी मा हरिवंशसहित सलिनमान बनियाँ, हेमन्त शर्मा, अनुराग कुँवर, शंकर केसी, कृष्ण काफ्ले, नीर शाह, सरोज खनाल, निश्चल बस्नेत, दयाहाङ राई, वीरेन्द्र हमाल, हेमन्त राना, पल शाह, अर्जुन घिमिरे, राजा राजेन्द्र पोखरेल र माओत्से गुरुङ रहेका छन् ।
क्रिकेटरमा नेपाल ‘ए’ मा पारससहित शरद भेषावकर, अनिलकुमार शाह, ललितनारायण राजवंशी, सोमपाल कामी, आरिफ शेख, अविनाश बोहरा, सन्दीप जोरा, रोहितकुमार पौडेल, सुनील धमला, कमलसिंह ऐरी र भुवन कार्की छन् ।
नेपाल ‘बी’ मा कप्तान ज्ञानेन्द्रसहित विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, सुसन भारी, दिलीप नाथ, वसन्त रेग्मी, करण केसी, ललितसिंह भण्डारी, भीम सार्की, पवन सर्राफ, विक्रम सोब र प्रदीप ऐरी रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।