भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम बुधबार सामान्य बद्ली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
स्थानीय वायुको प्रभावका कारण सामान्य बद्ली र पूर्वका केही ठाउँमा बेलुकातिर छिटफुट पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । अरु ठाउँको मौसम भने बुधबार सामान्यतया सफा रहने उहाँले बताउनुभयो । यसैबीच पश्चिमी तराइमा भने गर्मी बढेको छ । केही दिन मौसम बद्ली हुने सम्भावना नभएकाले गर्मी अझै बढ्ने सम्भावना रहेको हो ।
मंगलबार नेपालगञ्जको अधिकतम तापक्रम ३५ दशमलव ८ र धनगढीको ३५ दशमलव २ डिग्री सेल्सियस पगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम तराईमा अबको केही दिन तापक्रम केही बढ्न सक्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।