माेफसलमा पहिलो पटक फेन्सिङ्ग खेल

 चैत २८, २०७५ बिहीबार १७:६:४१ | उज्यालो सहकर्मी

बाँके - ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपालगञ्ज रङ्गशालाको कभर्डहलमा बिहीबारदेखि फेन्सिङ्ग (तरबारबाजी) खेल सुरु भएको छ ।

काठमाण्डाैमा केन्द्रित भएको फेन्सिङ्ग खेल पहिलो पटक राजधानी बाहिर आयोजना भएको हो । राष्ट्रिय खेलकुदसँगै फेन्सिङ्गको चौथो राष्ट्रिय प्रतियोगिता समेत सुरु भएको फेन्सिङ्ग एशोसिएसन नेपालका अध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालमा ९ बर्ष अघिदेखि फेन्सिङ्ग खेल सुरु भए पनि चार वर्षअघि मात्रै राष्ट्रिय खेलकुदमा समावेश भएको हो ।

प्रतियोगितामा प्रदेश १,३,गण्डकी र सुदुरपश्चिम तथा विभागीय टोली आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरि सात टोलीका १२९ जना खेलाडीबीच ३० स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुने भएको छ । यो खेल वैशाख ४ गते समापन हुनेछ । 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया