इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको जित

 वैशाख १, २०७६ आइतबार ६:५९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । शनिबार राति भएको खेलमा वेस्टह्याम युनाइटेडमाथि २–१ गोल अन्तरको जित निकाल्दै पाँचौ स्थानमा उक्लिएको छ ।

योसँगै म्यानचेस्टर युनाइटेड चौथो स्थानको चेल्सीसँगको अंक दूरी पनि दुईमा झारेको छ । चेल्सीको ६६ अंक छ भने म्यानचेस्टर युनाइटडको ६४ अंक रहेको छ । म्यानचेस्टर युनाइटेडको जितमा पोउल पोग्वा नायक रहे । दुवै गोल उनले गरेका हुन् । 

उनले दुवै गोल पेनाल्टीमार्फत गरेका हुन् । मार्कस रोजोलाई फल गरेपछि पाएको पेनाल्टीलाई पोग्वाले गोल गर्दै १९ औं मिनेटमा अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा फिलिप एन्डरसनले गोल गर्दै वेस्टह्यामलाई खेलमा फर्काएका थिए ।

तर ७४ औं मिनेटमा फेरि म्यान्यूले पेनाल्टी पाएको थियो । पेनाल्टीमा पोग्बाले नै गोल गर्दै स्पष्ट तीन अंक दिलाउन सफल भए ।

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया