गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
नेपालगञ्ज - ८ औं राष्ट्रिय खेलकुद तथा १६ औं राष्ट्रिय जुडो प्रतियोगितामा विभागीय टोलीको वर्चस्व देखिएको छ ।
नेपालगञ्जमा जारी प्रतियोगितामा नेपाल प्रहरीले सोमबारसम्म ७ स्वर्ण जितेर अग्रस्थान कायम गरेको छ । आर्मीले ५ स्वर्ण जितेको छ भने प्रदेश नम्बर ५ र सशस्त्र प्रहरीको एपिएफले १/१ स्वर्ण पदक जितेका छन् ।
सोमबारसम्म १४ स्वर्ण पदकको नतिजा आएको छ । सोमबारका खेलमा नेपाल आर्मीले ४ स्वर्ण २ रजत र २ काश्य, नेपाल प्रहरीले २ स्वर्ण, ३ रजत र १ कास्य, एपिएफले १ स्वर्ण तथा प्रदेश ५ ले २ कास्य र २ रजत पदक जितेको छ ।
७३ किलो तौल समूहमा नेपाल पुलिस क्लबका सञ्जित सारुले स्वर्ण, त्रिभुवन आर्मी क्लबका जंगबहादुर सारुले रजत र गण्डकीका संजोक भट्ट तथा प्रदेश ३ का सुमन श्रेष्ठले कास्य पदक प्राप्त गरेका छन् । यसैगरी ९० किलो तौल समूहमा त्रिभुवन आर्मीका सुर्यमान लामाले स्वर्ण पदक जितेका छन् । पुलिसका राम मकाजुले रजत तथा आर्मीका अनिल भण्डारी र प्रदेश ३ का प्रसुन गुरुङले कास्य पदक जितेका छन् ।
सय किलो तौल समूहमा प्रहरीका रविन श्रेष्ठले स्वर्ण, आर्मीका रमेशबहादुर चन्दले रजत तथा प्रदेश १ का यमुनाप्रसाद काफ्ले र प्रदेश ३ का सुमित नारायण श्रेष्ठले कास्य पदक जितेका छन् । ५२ किलो तौल समूहमा एपिएफका देविका खड्का स्वर्ण, पुलिसका दिलकुमारी छन्त्याल रजत तथा आर्मीका सुस्मता लावती र प्रदेश ३ का शर्मिला तामाङले काँस्य पदक जितेका छन् ।
यसैगरी ६३ किलो तौल समूहमा आर्मीका निर्मला घर्ती मगरले स्वर्ण, पुलिसका रेणुका थापाले रजत तथा प्रदेश ५ का सुशिला चौधरी र अमिशा रानाले कास्य पदक जितेका छन् । ७८ किलो तौल समूहमा आर्मीका पुनम श्रेष्ठले स्वर्ण, प्रदेश ५ का सम्झना चौधरीले रजत तथा पुलिसका भावना घर्ती मगरले काँस्य पदक जितेका छन् ।
त्यस्तै ७८ किलो तौल समूहमा आर्मीका आकृति जोशीले स्वर्ण पदक जितिन् । प्रदेश ५ का दिपा गुरुङले रजत तथा प्रदेश ३ का अस्मिता गोलेले कास्य पदक जितेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।