नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
टेलिभिजन बहशमा कांग्रेसको पक्षमा वकालत गर्ने उच्च गतिकी प्रवक्ता प्रियंका चतुर्वेदीले शुक्रबार पार्टीबाट राजीनामा दिएकी छिन् । मथुरामा कार्यकर्ताहरुले दुर्व्यवहार गरेपछि उनले राजीनामा दिएको बताइएको छ ।
समाचार संस्था एएनआईका अनुसार, लोकसभा चुनावअघि कांग्रेस पार्टी छोडेलगत्तै प्रियंका चतुर्वेदी शिवसेनामा सामेल भएकी छिन् । शिवसेनाका नेता सञ्जय राउतले प्रियंका आज नै शिवसेनामा प्रवेश गरेको बताएका छन् । शिवसेना प्रमुख उद्धव ठाकरेसँगकाे पत्रकार सम्मेलनमा चतुर्वेदी पार्टी प्रवेश गरेकी हुन् । शुक्रबार नै उनले कांग्रेस अध्यक्ष राहुल गान्धीसमक्ष राजीनामा दिएकी थिइन् ।
Congress Spokesperson Priyanka Chaturvedi wrote to Rahul Gandhi, said have resigned from all posts and the primary membership of the party pic.twitter.com/kwk7qO1EyL
— ANI (@ANI) 19 April 2019
प्रियंकाले योभन्दा अघि सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै भनेकी थिइन्, ‘कांग्रेसमा रगत र पसिना बगाएर लाग्नेलाई भन्दा गुण्डाहरुलाई प्राथमिकता दिइन्छ, म दुःखी छु । मैले पार्टीको लागि सबै किसिमका आलोचना र अपशब्द सहेँ तर मलाई पार्टीभित्र बाटै धम्की आइरहेको छ, यो निकै दुर्भाग्यपूर्ण हो ।’
‘धम्की दिनेहरु कारबाहीमा परेका छैनन् । उनीहरु बिनाकारबाही उम्किनु दुर्भाग्यपूर्ण हो’, उनले भनेकी छिन् । उनले ट्विटर ह्याण्डलमा पनि नामको अघि कांग्रेस प्रवक्ता पनि हटाएकी छिन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।