गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
रुकुमपश्चिम - जाँडरक्सीमुक्त नगरपालिकाको अभियान चलाइरहेको रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाले जाँडरक्सी व्यवसाय छोडेर अन्य व्यवसाय गर्ने व्यवसायीलाई १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
इजाजतपत्र लिएर जाँडरक्सी व्यवसाय गरिरहेका व्यवसायीले यो व्यवसाय छाडेर अन्य व्यवसाय गर्न खोजे १ लाख रुपैयाँसम्म सहयोग गर्ने नगरप्रमुखगोर्खबहादुर केसीले बताउनुभयो । नगरप्रमुख केसीले जाँडरक्सी व्यवसायलाई परिवर्तन गर्न आग्रहगर्दै भन्नुभयो, ‘नयाँव्यबसायकालागिनगरपालिका १ लाख सम्मको सहयोग गर्न तयार छ ।’
समृद्ध नगर निर्माणकालागिजाँडरक्सीले पनिबाधागरिरहेको नगरको ठम्याई पछिनयाँव्यबसायमाआकर्षणगर्न यस्तो सहयोग गर्न खोजेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको यस्तो निर्णयपछि केहि व्यवसायीहरु व्यवसाय परिवर्तन गर्न इच्छुक रहेको नगरप्रमुख केसीले जनाउनुभयो ।
नगरलाई नै जाँडरक्सीमुक्त घोषणा गर्ने लक्ष्यका साथ अहिलेसम्म नगरका ३ वडालाई जाँडरक्सीमुक्त घोषणा गरिसकिएको छ । नगरपालिकाका वडा नं. १, २ र ३ लाई गएकाे फागुन महिनामै जाँडरक्सी मुक्त घोषणा गरिएको छ । जाँडरक्सी नियन्त्रणलाई प्रमुखताका साथ अगाडि बढाइरहेको नगरपालिकाको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।