गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
रुकुमपूर्व - जिल्लामै पहिलाे पटक एउटा सामुदायिक विद्यालयले आफ्नै बस सञ्चालन गर्ने भएको छ ।
सिस्ने गाउँपालिका वडा नं- ५ को रुक्मिणी माध्यामिक विद्यालयले यही शैक्षिक सत्रदेखि बस सञ्चालन गर्ने भएको हो । टाढाका विद्यार्थीलाई विद्यालय आउन जान समस्या परेपछि बस सञ्चालन गर्ने तयारी गरेको विद्यालयले जनाएको छ ।
विद्यालयको व्यवस्थापनतर्फको खर्चबाट १५ लाख र अरु विद्यालयको आन्तरिक कोष गरी रु.२१ लाख ७१ हजार २ सय रुपैयाँ माबस किनिसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवचन्द्र समालले बताउनुभयो ।
३६ सिट रहेको बस स–साना विद्यार्थी र डेरामा पनि बस्न नसक्ने विद्यार्थीको सजिलोका लागि सञ्चालन गर्ने निर्णय गरिएको अध्यक्ष समालको भनाइ छ । उक्त बस चढ्ने विद्यार्थीले बस चढे बापत कुनै पनि शुल्क तिर्नुपर्ने छैन ।
नजिकका विद्यार्थीलाई दैनिक विद्यालय ल्याउने र घर पुर्याउने गरिनेछ भने डेरामा बस्ने विद्यार्थीलाई हरेक शुक्रबार घर पुर्याइदिने तथा आइतबार विद्यालय ल्याइनेछ ।
बस किनेर विद्यालयमा ल्याइसकिएको प्रध्यानाध्यापक कृष्ण गौतमले बताउनुभयो । भन्सार छुट गरेर बस खरिद गरिएको गौतमको भनाइ छ ।
विशेषगरी भूमे गाउँपालिकाको सिसाघारी र त्यस आसपास, सिस्ने गाउँपालिकाको नाथीगाड, खोपिचार र त्यस आसपासका विद्यार्थीको सजिलोका लागि बस खरिद गरिएको विद्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।