यू–१६ इस्टर्न रिजन क्रिकेट: नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश

 वैशाख १२, २०७६ बिहीबार १३:४८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

थाइल्याण्ड विरुद्धको खेल वर्षाका कारण रद्द भएपछि नेपाल यू–१६ इस्टर्न रिजन क्रिकेटको समूह ए को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेटमा नेपालले थाइल्याण्डलाई २३५ रनको विशाल लक्ष्य दिएको थियाे । थाइल्याण्डको चियाङमाईमा भएको खेलमा घरेलु टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ३५ ओभरमा ७ विकेट गुमाउँदै २३४ रन बनायो ।

नेपालको इनिङमा आएश भट्टराईले अर्धशतकीय योगदान दिए । उनले नौ चौका प्रहार गर्दै ५८ रन जोडे ।यस्तै कप्तान विशाल विक्रम केसीले पनि ३१ बलमा ३८ रन बनाए । उनले चार चौका र दुई छक्का प्रहार गरेका थिए ।

दिपक बोहराले ३६ बलमा पाँच चौका र एक छक्कासहित ३५ रन जोडे । आठौं विकेटका लागि विशाल कुमार पटेल र निखिल कुमार सिंहले २४ बलमा ४२ रनकाे  साझेदारी गरेपछि नेपालले २३४ रन बनाएको हो ।

व्यक्तिगततर्फ विशालले २३ बलमा पाँच चौका प्रहार गर्दै २८ रन बनाए । त्यस्तै निखिलले १२ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २२ रन जोडे । बलिङतर्फ नाराविट नुन्टाराचले तीन विकेट लिए भने योद्सक सारानोनाकुनले दुई विकेट लिए ।

जवाफमा थाइल्याण्ड एक ओभर ५ बलमा खाता खाेल्न नपाउँदै १ विकेट गुमाएपछि भारी वर्षा सुरु भएकाेले खेल राेकिन पुग्याे । त्यसपछि खेल सम्भव नहुँदा म्याच अम्पायरले खेल रद्द भएकाे घाेषणा गरे । जसका कारण दुवै टिमले एक एक अंक बाँडे ।

याे खेलबाट एक अंक जाेडेकाे नेपालले तीन खेलमा ५ अंकका साथ समूह एकाे शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्न सफल भयाे ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया