गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
इण्डियन प्रिमियर लिगमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किंग्सविरुद्ध ४६ रनको जित हात पारेको छ ।
चेन्नईमा भएको खेलमा १५६ रनको लक्ष्य पछ्याएको घरेलु टिमलाई मुम्बईले १०९ रनमा प्याक गर्यो । चेन्नईलाई सस्तैमा समेट्नका लागि मुम्बईका लासिथ मालिंगाले ४ विकेट लिए भने क्रुनाल पाण्ड्या र जस्प्रित बुम्राहले २–२ विकेट लिए ।
ब्याटिङतर्फ चेन्नईका तीन खलाडीले मात्र दोहोरो अंकको रन बनाउन सके । ओपनर मुरली विजयले ३८, मिचेल सान्ट्नरले २२ तथा ड्वाइन ब्राभोले २० रन बनाउँदा अन्य ब्याट्सम्यानको प्रदर्शन खराब रह्यो ।
टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा चार विकेट गुमाउँदै १५५ रन बनाएको थियो । मुम्बईका लागि रोहित शर्माले ६७ रन बनाए भने इभिन लेविसले ३२, हार्दिक पाण्ड्याले २३, क्विन्टन डिककले १३, केइरन पोलार्डले १३ बनाए ।
जितसँगै मुम्बई ११ खेलबाट १४ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ । चेन्नई भने १२ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा यथावत छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।