प्रिमियर लिगमा आर्सनलले इप्सविच टाउनलाई हरायाे, ब्राइटन र ब्रे...
पुस १३, २०८१ शनिबार
काठमाडौं – देशका धेरै ठाउँको मौसम बदली भई अहिले पानी परिरहेको छ । मनसुन सक्रिय भएकाले आज देशभरी कै मौसम खुल्ने संभावना कम रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् समिर श्रेष्ठका अनुसार आज र भोलि पानी पर्न रोकिए पनि मौसम खुल्ने संभावना भने कम छ । यस्तै केही ठाउँमा ठूलो पानी पर्ने उहाँको अनुमान छ । विशेषगरी पूर्व र पश्चिमका केही ठाउँमा ठूलो पानीपर्ने संभावना रहेको मौसमविद् श्रेष्ठको भनाई छ ।
ठूलो पानी पर्ने भएकाले भिरालो जमीन र नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन उहाँको आग्रह छ । तराई, चुरे र मध्य पहाडी क्षेत्रमा पानी पर्ने भएकाले पानी नपरेको ठाउँमा पनि बाढी जाने संभावना हुने भएकाले नदी आसपासका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।