सय दिनमा ‘शत्रु गते’, १२ करोडको व्यापार

 असार १७, २०७५ आइतबार १२:८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रदीप भट्टराईको निर्देशन रहेको सिनेमा ‘शत्रु गते’ले सय दिन मनाएको छ । गएको चैत ९ गतेदेखि प्रदर्शनमा आएको यस सिनेमाले शनिबार प्रदर्शनको सय दिन पूरा गरेको हो । 

काठमाडौंको गोपीकृष्ण हल र गुण सिनेमामा सिनेमाले सय दिनसम्म दर्शकको साथ पाएको हो । सिनेमाले सय दिन पूरा गरेको उपलक्ष्यमा निर्माण पक्षले सामाजिक सञ्जालबाट खुशी व्यक्त गरेको छ ।

सिनेमाले ५१ दिन मनाएको उपलक्ष्यमा निर्माण पक्षले ललितपुरको इमाडोलमा रहेको एक ब्याङकेटमा विशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा निर्माण पक्षले सिनेमाका सम्पूर्ण कलाकार र प्राविधिकलाई मायाको चिनो प्रदान गरेको थियो ।

यस्तै  वितरक र विभिन्न ब्राण्ड पार्टनरहरुलाई समेत निर्माण पक्षले धन्यवाद प्रदान गरेको थियो ।

यही कारण पनि सय दिनमा केही विशेष कार्यक्रम शत्रुगते टिमले जानकारी दिएको छ । सय दिन सम्मप्रदर्शन भएको यो सिनेमाको कूलकमाई १२ करोडको हाराहारीमा रहेको सिनेमाका निर्देशक प्रदीप भट्टराईले जानकारी दिएका छन् । 

किरण केसीको प्रस्तुती यस सिनेमामा मदन कृष्ण श्रेष्ठ, हरिवंशआचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, बसुन्धरा भुषाल, रमेशरन्जन झा, प्रियंका कार्की, पल शाह, आँचल शर्मालगायतका कलाकारको अभिनय रहेको छ ।

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया