चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु–पुडुचेरीको तटमा बज्रने
मंसिर १५, २०८१ शनिबार
दाेलखा - देशभरको सरकारी जग्गा संरक्षण गर्न शक्तिशाली आयोग गठन कार्य अघि बढेको भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले बताउनुभएको छ ।
नापी कार्यालय दोलखाको नवनिर्मित भवनकाे शुक्रबार उद्घाटन गर्दै मन्त्री अर्यालले यस्तो बताउनुभएको हो । देशभर सरकारी जग्गा अतिक्रमण भइरहेको गुनासो आइरहेको भन्दै सरकारले अब शक्तिशाली आयोग गठन कार्य अघि बढाएको र सरकारको जमिन सरकारकै नाममा फिर्ता ल्याउने मन्त्री अर्यालको भनाइ छ ।
आयोग गठन भएपछि छिट्टै नै सरकारी जग्गा मिचेको गुनासो आइरहेका स्थानमा पुगेर निरीक्षण गर्ने र अनुसन्धान गरी मिचिएको जग्गा सरकारको नाममा ल्याउने अभियानका साथ अघि बढेको उहाँको भनाइ छ । सरकारको यो कदमलाई साथ दिन मन्त्री अर्यालले सबैलाई आव्हान गर्नुभएको छ ।
मन्त्री अर्यालले केही कर्मचारीका कारण मालपोत तथा नापी कार्यालयको छबि बिग्रिएको भन्दै सेवाग्राही खुशी हुने किसिमले सेवा प्रवाह गर्न कर्मचारीलाई अनुरोध गर्नुभयो । सेवा लिन पाउनु सेवाग्राहीको अधिकार भएकोले सेवाग्राहीबाट गुनासो नआउने गरी कार्य गर्न मन्त्री अर्यालले बताउनुभयो ।
कार्यालयमा सुशासन कायम गर्न अनलाइन पद्धति लागु गरिएकाे र यो पद्धतिलाई देशभर विस्तार गर्ने तयारी भइरहेको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।