गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
एसिया कप ह्वीलचेयर टी-ट्वेन्टी क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भयाे ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ ओभर ३ बलमा अलआउट हुँदै १४८ रन बनाएको थियो । नेपालका लागि होमनाथ राईले ३६ रन बनाए ।
यस्तै कप्तान दिगमसिंह चेम्जोङले ३५ रन, डम्बर मगरले १९ र विष्णुपुकार श्रेष्ठले १६ रन जोडेका थिए । बंगलादेशका मोहिदुल अस्लामले ३ विकेट लिए ।
नेपालले दिएको १४९ रनको लक्ष्य बंगलादेशले १८ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । बंगलादेशको जितमा मोहमद रिपोन उडिनले ५० रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै, जाबेद अहमेदले ३८ रन जोड्दा साजिद हुसेनले ३१ तथा मोहमद असिप हुसेनले अविजित १३ रन बनाए । नेपालका कप्तान दिगम सिंह चेम्जोङ र सुपर राईले १र१ विकेट लिए ।
यो हारसंगै नेपालको फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । नेपाल बुधबार भएको पहिलो खेलमा भारतसँग ६ विकेटले पराजित भएको थियो । अब नेपालले शुक्रबार पाकिस्तानसँग खेल्नेछ । बंगलादेशको यो पहिलो जित हो
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।