गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
आईसीसी विश्व कप ट्रफीको इतिहास पनि रमाइलो छ ।
१९७५ देखि १९९६ सम्म खेलिएका सुरुका ६ संस्करणलाई आईसीसी विश्व कप भनिएन । त्यतिबेला जुन कम्पनीले प्रायोजन गर्थे उसैको नाममा ट्रफी हुन्थ्यो । इंग्ल्याण्डले १९९९ मा आयोजना गरेको विश्वकप पछि ट्रफीले नयाँ रुप लिएको हो । त्यसपछि आईसीसी ट्रफी नामाकरण गरियो ।
आईसीसी विश्व कप ट्रफीको डिजाइन सुन र चाँदीबाट गरिएको छ । ट्रफीको माथिल्लो भागमा सुनको ग्लोब (पृथ्वी) जस्तो बनाइएको छ । यसको दुई तिर चाँदीले बनेका तीन तीन स्तम्भले अड्याएका छन् । चाँदीले बनेको स्तम्भ विकेट र बेलको आकारको छ । जसले क्रिकेटका तीन विशेषता बुझाउँछ । जसमा ब्याटिङ, बलिङ र फिल्डिङ बुझाउँछ । ट्रफीको बेस भने बलियो काठले बनेको छ । ट्रफी बनाउन सुन, चाँदी र काठ प्रयोग गरिएको छ । जसको उचाइ ६० सेन्टिमिटर छ भने ताैल ११ केजी रहेको छ ।
विजेताले भने असली ट्रफी भने पाउँदैनन् । विजेतलाई ट्रफीको रिप्लिका (प्रतिलिपी) दिइन्छ । वास्तविक ट्रफी आईसीसीको मुख्यालय दुबईमा राखिएको छ ।
आईसीसी वर्ल्ड कपको इतिहासमा सबैभन्दा महँगो ट्रफी रिलायन्सले प्रयोजन गरेको बेलाको हो । १९८७ मा रिलायन्स ट्रफीको निर्माण भारतको जयपुरमा गरिएको थियो । यो विश्वकै महँगो सुनको ट्रफीमा गनिन्छ ।
सुरुवाति ६ संस्करणमा ट्रफीलाई विभिन्न नामले सम्बाेधन गरिन्थ्यो
१९७५ - प्रूडेन्सियल कप
१९७९ - प्रूडेन्स्यिल कप
१९८३ - प्रूडेन्सियल कप
१९८७ - रिलायन्स कप ट्रफी
१९९२ - वेसन हेसेज कप
१९९६ - विल्स ट्रफी र
१९९९ देखि हालसम्म आईसीसी ट्रफी
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।