नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
भारतीय पूर्व क्रिकेटर गौतम गम्भीरले राजनीतिमा सफलता हात पारेका छन् । लोकसभामा पूर्वी दिल्लीबाट बीजेपी उम्मेदवार बनेका गम्भीर जितनजिक पुगेका छन् ।
उनले खसेकाे मतमध्ये अहिलेसम्म लगभग ५३ प्रतिशत मत प्राप्त गरिसकेकाले उनको जित निश्चितजस्तै देखिएकाे छ । उनले अहिलेसम्म ४ लाख ७९ हजार मत प्राप्त गरेका छन् । दाेस्राे स्थानमा रहेका कांग्रेस उम्मेदवार अरबिन्दर सिंह लभ्लीले २ लाख ३५ हजार मत प्राप्त गर्दा आम आदमी पार्टीकी उम्मेदवार आतिशीले १ लाख ६४ हजार मत प्राप्त गरेकी छिन् । पूर्वी दिल्ली लाेकसभा क्षेत्रमा अहिलेसम्म झण्डै ९ लाख मत गनिएकाे छ ।
गम्भीर राष्ट्रवादी छविका कारण दिल्लीको राजनीतिमा चर्चित छ । क्रिकेटको मैदानमा आक्रामक पारी खेलेका गम्भीरले राजनीतिमा पनि दमदार डेब्यू गरेका छन् । २००७ को टी–२० विश्वकप जिताउँदा महत्वपूर्ण भूमिका खेलेका गम्भीरले २०११ को आईसीसी विश्वकप जिताउँदा फाइनलमा ९७ रन बनाएका थिए ।
यसैगरी पूर्व भारतीय क्रिकेटर कीर्ति आजाद पनि चुनावी मैदानमा छन् । झारखण्डमा कंग्रेसबाट उम्मेदवार बनेका आजाद भने चुनावी पारीमा सम्हालिएर प्रदर्शन गर्न सकेका छैनन् । अहिलेसम्म उनी भाजपाका उम्मेदवारभन्दा पछाडि रहेका छन् । उनले २०१४ को लोकसभा निर्वाचनमा बीजेपीबाट उम्मेदवार बन्दै सांसद बनेका थिए ।
तर भाजपा छाडेर कंग्रेसमा गएकै कारण उनलाई अहिले मुश्किल परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।