विश्वकप–२०१८ : ठूला टोली घर फर्किएसँगै थप रोमाञ्चक बन्दै

 असार २१, २०७५ बिहीबार ६:१०:५६ | रासस
unn.prixa.net

काठमाडौं - रुसमा जारी विश्वकपको प्रिक्वाटरफाइनलका खेलहरू समाप्त भएसँगै प्रतियोगिताको रोमाञ्च उत्कर्षमा पुगेको छ । 

रुस विश्वकपको अन्तिम आठसम्म आइपुग्दा विश्वकपका दाबेदार मानिएका जर्मनी, अर्जेन्टिना, पोर्चुगल, स्पेन, मेक्सिकोजस्ता टोलीहरू घर फर्किए भने थुप्रै उत्कृष्ट खेलाडीको प्रदर्शन निराशाजनक रह्यो । 

प्रतियोगितामा कम चर्चित खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आफ्ना टिमलाई अघि बढाएका छन् । अघिल्लो विजेता जर्मनी समूह चरणको अन्तिम खेलमा दक्षिण काेरियासँग पराजित हुँदै घर फर्कन बाध्य भयो भने उपविजेता अर्जेन्टिना प्रिक्वाटर फाइलनमा फ्रान्ससँग पराजित हुँदै घर फर्किएको छ । 

त्यसैगरी स्पेन आयोजक रुससँग, पोर्चुगल उरुग्वेसँग र मेक्सिको ब्राजिलसँग पराजित हुँदै प्रिक्वाटर फाइलनबाट घर फर्किए । 

प्रतियोगितामा पाँच पटकको विजेता ब्राजिल र एक पटकको विजेता फ्रान्सको प्रदर्शन भने उत्कृष्ट रहँदै आएको छ । 

प्रतियोगितामा उत्कृष्ट मानिएका अर्जेन्टिनाका लियोनल मेस्सी, इजिप्टका मोहमद सलाह, कोलम्बियाका जेम्स रोड्रिगेज, जर्मनीका थोमम मुलर, स्पेनका मार्को एसेन्सियो र आन्द्रे इनिस्टाजस्ता खेलाडीको प्रदर्शन निराशाजनक देखियो । 

प्रतियोगितामा स्विडेनका भिक्टर लिन्डेलोफ, रुसका गोलकिपर इगोर अकिनफेभ, रुसकै राइटब्याक मारियो फर्नान्डेज, उरुग्वेका डियगो लाक्साल्ट, फ्रान्सका पाउल पोग्बा, जापानका ताकासी इनुई, फ्रान्सका कलियन एमबाप्पे, उरुग्वेका एडिन्सन काभानी, ब्राजिलका नेयमार जुनियरको प्रदर्शन सबैका लागि आकर्षक रह्यो । 

यही असार २२ गतेदेखि क्वाटर फाइनलका खेलहरू हुँदैछन् । पहिलो खेलमा शुक्रबार साँझ ७ः४५ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ, त्यही दिन राति ११ः४५ बजे पाँच पटकको विजेता रहेका ब्राजिलले बेल्जियमसँग खेल्नेछ । 

त्यसैगरी शनिबार साँझ ७ः४५ बजे स्वीडेन र इङ्ल्याण्डबीच प्रतिपर्धा हुनेछ । क्वाटर फाइनलको अन्तिम खेलमा आयोजक रसियाले क्रोएसियाको सामना गर्नेछ ।

क्वाटर फाइनल पुग्ने आठ टोलीमध्ये चारवटा विश्व विजेता बनिसकेका टोली हुन् भने चारवटाले प्रतियोगिताको उपाधि जित्न सकेका छैनन् । 

ब्राजिल सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ को विजेता हो । उरुग्वेले पहिलो विश्वकप सन् १९३० र १९५०, फ्रान्स सन् १९९८ र इङ्ल्याण्ड सन् १९६६ को विजेता हुन् । 

त्यसैगरी क्वाटर फाइनलमा पुगेका बेल्जियम, क्रोएसिया, स्वीडेन र रसियामध्ये अहिलेसम्म स्वीडेन १९५८ मा ब्राजिलसँग फाइनलमा पराजित भएको हो । आयोजक रसिया पहिलो पटक क्वाटरफाइनल पुगेको हो । बेल्जिम सेमिफाइनसम्म पुगेको टोली हो । 

प्रतियोगितामा नव प्रवेशी पानामा र आइसल्याण्डले खासै प्रदर्शन गर्न सकेनन् । आइसल्याण्डले पहिलो खेलमा दुई पटकको विश्व विजेता अर्जेन्टिनालाई बराबरीमा रोक्न सफल भए पनि पछिल्ला दुई खेल क्रमशः नाइजेरिया र क्रोएसियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । पानामाले बेल्जियम, इङ्ल्याण्ड र ट्युनिसियासँग पराजित हुँदै घर फर्कियो । 
 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • NIRAJ POUDYAL

    July 5, 2018, 2:41 p.m.

    Germany ko last game mexico saga hoina. 1st game thyeeo mexico saga. Last game Asian Power house South Koria saga thyeeo...

  •  0 Reply

तपाईको प्रतिक्रिया