गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्दैछन् ।
यी दुई टिम पहिलो संस्करणमा सामूहिक विजेता भएका थिए । दोस्रो संस्करणमा एपीएफले उपाध जितेको थियो । पहिलो संस्करणमा पुलिस र आर्मीले ट्रफी नै साझा गरेका थिए ।
आर्मी लगातार तेस्रो पटक फाइनल पुगेको हो भने पुलिसले दोस्रो पटक फाइनलमा स्थान बनाएको छ । पहिलो संस्करणमा उपाधि बाँडेका दुवै टोली यस पटक स्पष्ट जितसहित उपाधि जित्न चाहन्छ र नगद २० लाख आफ्नो बनाउने योजनामा रहेका छन् ।
राष्ट्रिय खेलकुद परिषदको आयोजना र नेपाल इन्टरनेशनलको व्यवस्थापनमा भइरहेको प्रतियोगितामा उपविजेताले पनि १० लाख हात पार्नेछ ।
खेल शनिबार बिहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।