सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक
मंसिर १५, २०८१ शनिबार
आईसीसी एक दिवसीय विश्वकप अन्तर्गत आज साेमबार बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।
वर्षाका कारण अहिले टस हुन सकेको छैन । ब्रिस्टोलमा हुने खेलमा पानी परेपछि टस केही ढिलो हुने भएको छ । लामो अवधिको प्रतियोगिता भए पनि दुवै टोलिका लागि अर्को चरणमा स्थान बनाउने सम्भावना कम हुँदै गइरहेको छ ।
बंगलादेश र श्रीलंका दुवै कठिन स्थितिमा छन् । उनीहरुले आफ्नो पहिलो तीनमध्ये एक-एक खेल जितेका छन् । अर्को चरणको सम्भावना जीवितै राख्न उनीहरुले बाँकी ६ मध्ये कम्तिमा ५ खेल जित्नैपर्ने हुन्छ ।
बंगलादेशको तुलनामा श्रीलंका केही सहज अवस्थामा छ । एक जितका साथसाथै पाकिस्तानविरुद्धको खेल वर्षाले रद्ध भएपछि अतिरिक्त अंक पनि श्रीलंकाको खातामा छ ।
श्रीलंकाले न्युजिल्याण्डविरुद्ध लज्जास्पद पराजय बेहोरेको थियो । अफगानिस्तानविरुद्ध उसले बलिङकाे सहायताले २ अंक हासिल गर्याे । नुवान प्रदीप र लसिथ मालिंगाले उत्कृष्ट प्रदर्शन गरेपछि उसले अफगानिस्तानलाई हराएको हो ।
अभ्यासका क्रमममा दाहिने हातको कान्छी औंलामा चोट लागेपछि नुवान प्रदीपले बंगलादेशविरुद्ध नखेल्ने सम्भावना बढेको छ । २० एक दिवसीय खेलमा ३३५ रन बनाउनुका साथै २० विकेट लिएका प्रदीपकाे अनुपस्थिति श्रीलंकाका लागि महंगो पर्न सक्छ ।
बंगलादेशले विश्वकपमा आफ्नो सुरुआति खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । तर, त्यसयताका दुई खेलमा उसले जित निकाल्न सकेकाे छैन ।
घरेलु टोली इंग्ल्याण्डसँग १ सय ६ रनको पराजय बेहोर्नुअघिको खेलमा बंगलादेश न्युजिल्याण्डसँग २ विकेटले पराजित भएको थियो । बंगलादेशले रन बनाउने र विकेट लिने आफ्नाे क्षमता प्रदर्शन गरिसकेको छ । निर्णायक खेलमा श्रीलंकाविरुद्ध उसको सबै पक्षले शतप्रतिशत प्रदर्शन गर्ने अपेक्षा कप्तान माश्रफे मोर्तजाले गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।