प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना, अवस्था सामान्य
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ –एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् । यो योजना अन्तर्गत एनसेलका ग्राहकले सात दिन र तीस दिन समय सीमा भएको गज्जबको डेटा प्याकको खरिदमा बोनस स्वरुप फोरजी डेटा भोलुम प्राप्त गर्न सक्नेछन् ।
यो अफर यही जेठ ३० गतेदेखि लागू भएको छ । देशको एक हजारभन्दा बढी स्थानमा फोरजी सेवा विस्तार गरिएको घोषणा गरेको दुई साताभित्रै एनसेलले अझ सुलभ दरमा आधुनिक मोबाइल कनेक्टिभिटि सुनिश्चित गर्दै फारेजी डेटा बोनसको योजना ल्याएको हो ।
यो योजना अन्तर्गत सात दिन समय सीमा भएको ५०० एमबी डेटा र तीस दिन समय सीमा भएको ३ जीबी डेटाको खरिदमा ग्राहकले त्यत्ति नै भोलुम बराबरको फोरजी डेटा बोनस स्वरुप पाउँनेछन् । जस्तै यदि ग्राहकले तीस दिन समय सीमाभएको ३ जीबी डेटा कर सहित ४५३.३० रुपैयाँमा खरिद गरेमा बोनस स्वरुप थप ३ जीबी फोरजी डेटा पाउँनेछन् । यो अफरमा ग्राहकले ३ जीबी डेटाकै शुल्कमा ६ जीबी डेटाको मजा लिन सक्नेछन् ।
त्यसैगरी, एनसेलका ग्राहकले सातदिन समय सीमा भएको ५०० एमबी प्याकको खरिदमा ५०० एमबी नै फोरजी डेटा बोनस वापत प्राप्त गर्न सक्नेछन् । एनसेलका ग्राहकले ५०० एम बी प्याक कर सहित ९५.७७ रुपैयाँमा सुचारु गर्न सक्छन् । यो अफरसँगै ग्राहकले ५०० एमबी डेटाको शुल्कमा १००० एमबी डेटाको फाइदा लिन सक्नेछन् ।
यस योजनाअन्तर्गत बोनसको लाभ लिनका लागि ग्राहकसँग फोरजी सपोर्ट गर्ने ह्याण्डसेट, यु सिम र फोरजी नेटवर्कम ापहँुच हुनुपर्छ । सात दिन वा तीस दिन समय सीमा भएको डेटा भोलुम टुजी, थ्रिजी वा फोरजी कुनै पनि नेटवर्कमा चलाउन सकिनेछ भने बोनस डेटा फोरजी नेटवर्कमा मात्र चलाउन सकिनेछ । एनसेलले आफ्नो फोरजी सेवा देशका एक हजार भन्दा बढी स्थानहरुमा विस्तार गरिसकेको छ ।
एनसेलका ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसारको सात दिन वा तीस दिनको गज्जबको डेटा प्याक सुचारु गर्न सक्नेछन् । ग्राहकले एसएमएसबाट पनि यो प्याक सुचारु गर्न सक्नेछन् । सातदिनको प्याक सुचारु गर्न ७५ टाइप गरि १७१२३ माएसएमएस पठाउन सक्नेछन् भने ३५५ टाइप गरि १७१२३ माएसएमएस पठाइ तीस दिनको प्याक सुचारु गर्न सक्नेछन् ।
ग्राहकहरुलाई नेपालकै सबै भन्दा ठूलो फोरजी नेटवर्कको पहँुचबाट लाभ प्रदानगर्न यो बोनस योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । एनसेलको फोरजी नेटवर्कले सरकारको डिजिटल नेपाल फ्रेमवर्क र ब्रोडव्याण्ड पूर्वाधार तथा उच्च गतिको इन्टरनेट सेवामा पहुँच वृद्धि गर्न केन्द्रित राष्ट्रिय ब्रोडब्याण्ड नीतिको कार्यान्वयनमा योगदान गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।