नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – भारतको राजस्थान प्रदेश सरकारले त्यहाँका ज्येष्ठ नागरिकलाई हवाई जहाजमार्फत पशुपतिनाथको दर्शन गर्न ल्याउने भएको छ ।
प्रदेशमा रहेका ६५ वर्ष र त्योभन्दा माथि उमेरका नागरिकलाई नि:शुल्क तिर्थयात्रामा हवाई जहाजमार्फत पशुपतिनाथको दर्शन गर्न ल्याउने भएको हो ।
राजस्थान प्रदेशको पर्यटन तथा तथा देवस्थान मन्त्रालयले यस्तो सुविधा दिने घोषणा गर्दै तीर्थयात्रामा जानेले आगामी जुलाई ५ भित्र आवेदन दिन सक्ने पनि बताएको छ ।
राजस्थान सरकारले संचालन गरेको वरिष्ठ नागरिक तीर्थ यात्रा योजना अनुरुप तीर्थमा जानेहरुलाई पहिलो पटक भारत बाहिर पशुपतिनाथको दर्शनमा ल्याउन लागेको हो । राजस्थान प्रदेशको पर्यटन तथा तथा देवस्थान मन्त्री विश्वेन्द्र सिंहको अध्यक्षतामा बसेको राज्यस्तरीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।
त्यहाँको सरकारले यसअघि भारतभरीका तीर्थस्थलहरुमा ज्येष्ठ नागरिकलाई भ्रमण गराउँदै आएको थियो । प्रदेश सरकारले यो पटक उमेर हद पनि कम गरेको छ ।
यसअघि ७० वर्ष वा त्यो भन्दा माथिकालाई मात्रै समावेश गर्दै आएकोमा यसपटबाट भने ६५ वर्ष वा त्यो भन्दा माथिकालाई समावेश गर्ने निर्णय गरेको छ । राज्य सरकारले ५ हजार नागरिकलाई हवाई जहाज र ५ हजार नागरिकलाई रेलमार्फत विभिन्न स्थानमा रहेको तीर्थस्थलको भ्रमण गराउने लक्ष्य राखेको छ । जसमध्ये पशुपतिनाथको दर्शन गर्न आउने तीर्थयात्रीलाई हवाई जहाजमार्फत ल्याउने छ ।
यस्तै तीर्थयात्रीलाई गंगासागर–दक्षिणेश्वर, काली–वेलूर मठ कोलकाता सर्किटमा पनि हवाई जहाजमार्फत दर्शन गराउन लगिने छ । यस्तै देहरादून–हरिद्वार–ऋषिकेश सर्किटमा तीर्थयात्रीलाई देहरादूनसम्म हवाईजहाज र त्यसपछि बसमा यात्रा गराइने मन्त्रालयले जनाएको छ ।
यस पटक राज्य सरकारले तीन वटा नयाँ तीर्थयात्रा थप गरेपछि ९ वटा सर्किट पुगेको छ । रेल यात्रामा दुई वटा नयाँ सर्किट र एउटा देशबाहिर पशुपतिनाथ सर्किट गरी तीन वटा नयाँ सर्किट थपिएको उसले जनाएको छ ।
यो कार्यक्रमअन्तर्गत रेलबाट तीर्थयात्रामा जाने ज्येष्ठ नागरिकले आफ्नो सहयोगी पनि लैजान पाउने छन् । साथै सेवानिवृत्त कर्मचारीले पनि निःशुल्क तीर्थयात्रामा जान पाउने मन्त्रालयले जनाएको छ ।
तीर्थ यात्रा योजना अन्तर्गत हवाई मार्ग र रेल मार्गबाट जान पत्रकारका लागि पनि ५÷५ प्रतिशत सिट छुट्याइएको छ । यसका लागि पत्रकारको उमेर भने ६० वर्ष वा त्यो भन्दा माथिको हुनुपर्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।