अमेरिकाले सुरु गर्‍यो 'इरानको हतियार प्रणालीमाथि साइबर आक्रमण'

 असार ८, २०७६ आइतबार १४:४२:४१ | एजेन्सी
unn.prixa.net

अमेरिकाले इरानको हतियार प्रणालीविरुद्ध साइबर आक्रमण सुरु गरेको छ । इरानमाथि हवाइ हमला नगर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फैसलापछि यस्तो कदम चालिएको एक प्रतिवेदनले दावी गरेको छ । 

वाशिङटन पोस्टका अनुसार रकेट र मिसाइल प्रणालीलाई नियन्त्रण गर्ने कम्प्युटर प्रणालीलाई निशाना बनाइएको छ । इरानको तेल ट्याङकरमाथि आक्रमण र त्यसपछि इरानले अमेरिकी हवाइ ड्रोन खसालेपछि अमेरिकाले इरानविरुद्ध यस्तो कदम उठाएको हो । 

यो साइबर आक्रमण केही हप्ता जारी रहने बताइएको छ । साइबर आक्रमणले इस्लामिक रिभोल्युसनरी गार्ड कर्पले प्रयोग गर्ने हतियार प्रणालीलाई निशाना बनाउनेछ । आक्रमणपछि यी हतियारको अनलाइन प्रणाली बन्द हुनेछ र अफलाइन प्रणालीबाट सञ्चालन गर्नुपर्ने हुन्छ । 

यद्यपि शनिबार अमेरिकी गृह सुरक्षा विभागले भने इरानले अमेरिकाविरुद्ध साइबर आक्रमण गरेको भन्दै चेतावनी दिएको थियो । 

यसबाहेक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो शैली नबदले अन्य कडा प्रतिबन्ध लगाउने घोषणा गरिसकेका छन् । ‘हामी केही अरु प्रतिबन्ध लगाउँदैछौँ । केही चीजमा त अझ चाँडो प्रतिबन्ध लगाउँदैछौँ ।’

इरानले आफ्नो परमाणु कार्यक्रम अन्तर्राष्ट्रिय स्तरमा नै सीमाभन्दा धेरै बढाएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले यस्तो बयान दिएका थिए । 

सन् २०१५ को परमाणु सम्झौता अनुसार, इरानमाथि युरेनियम संबर्द्धनमाथि सीमा लगाइएको थियो । यसको बदलामा इरानमाथि लगाइएको केही प्रतिबन्ध हटाइएको थियो र इरानलाई तेल निर्यात गर्ने इजाजत दिइएको थियो । तेल नै इरान सरकारको आम्दानीको मुख्य स्रोत हो ।  

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया