पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
सुर्खेत – विभिन्न मागहरु राखेर आमरण अनशन बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थीहरुको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।
आमरण अनसन बसेको तेस्रो दिन शुक्रबार अनसन बसेकामध्ये एक जनालाई स्वास्थ्य अवस्था बिग्रिएकाले स्थानीय देउती अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
अन्य तीनजना विश्वविद्यालयको परिसरमै अनसन बसेका छन् ।
विद्यार्थीहरुले इन्जिनियरिङ संकायलाई स्वायत्त गराइनुपर्ने, १० प्रतिशत विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, सम्पूर्ण विषयगत शिक्षकहरुको उचित व्यवस्था गरिनुपर्ने र पुस्तकालयमा पर्याप्त पुस्तकहरुको व्यवस्था गरिनुपर्नेलगायतका मागहरु राखेर गएको बुधबारदेखि अनसन बसेका हुुन् ।
तल्लो तहका कर्मचारीहरुसंग वार्ता नगर्ने विद्यार्थीहरुले विश्वविद्यालयका पदाधिकारीसँगै आफ्ना माग सम्बोधनका लागि वार्ता बस्ने बताएका छन् ।
उनीहरुले उपकुलपति र रजिष्ट्रारले आफ्ना मागहरु वेस्वाता गरेको आरोप लगाएका छन् ।
अहिलेसम्म विश्वविद्यालयका पदाधिकारीहरु कोही पनि सम्पर्कमा नआएको अनसनरत विद्यार्थीहरुले बताएका छन् ।
विद्यार्थीहरुले बिहीबारदेखि विश्वविद्यालयमा रहेको सम्पूर्ण सवारीसाधन बन्द गर्नुका साथै केन्द्रीय प्रशासन कार्यालयमा समेत अनिश्चितकालका लागी तालाबन्दी गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।