नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै - विनियोजन विधेयक २०७६ को आंगिक विधेयकमध्येको आर्थिक विधेयक २०७६ बहुमतले पारित भएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकले आर्थिक विधेयक २०७६ लाई बहुमतले पारित गरेको हो । यसअघि विधेयकमाथि परेका संशाेधन प्रस्तावहरु बहुमतले अस्वीकृत भएका थिए । सरकारका तर्फबाट अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक विधेयक २०७६ लाई पास गरियोस् भनी गरेको प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
विधेयकमाथि संसोधन प्रस्ताव राख्दै नेपाली कांग्रेसका छायाँ अर्थमन्त्री सांसद मिनेन्द्र रिजालले करलाई नीतिगत औजारको रुपमा विकास गर्न प्रस्ताव गर्नुभयो ।
आयकरलाई प्रगतिशिल करको रुपमा बढाउनका लागि सरकार तयार नभएसम्म प्रगति हासिल नहुने भन्दै त्यसको सुरुवात गर्न उहाँले सुझाव दिनुभयो । उहाँले ढुवानी सेवामा लगाईएको कर हटाउन प्रस्ताव गर्नुभयो । अघिल्लो वर्ष मूल्य अभिवृद्धि कर छुट हुने मध्येमा रहेको ढुवानी सेवामा पनि यसपटक कर लगाएपछि चौतर्फी मूल्यवृद्धि भएको भन्दै उहाँले कम्तिमा ढुवानी सेवाको लागत नबढ्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
छलफलमाथि आएका जिज्ञासा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले आयकर करको आधार हुनुपर्ने विषयमा सरकार सहमत रहेको बताउनुभयो । उहाँले आन्तरिक अर्थतन्त्रलाई बलियो बनाउदै आयातमा आधारित कर प्रणालीलाई आन्तरिक उत्पादन र आन्तरिक आयमा आधारित कर प्रणालीमा रुपान्तरण गर्ने तर्फ सरकार लागेको बताउनुभयो ।
उहाँले अप्रत्यक्ष करको आधारमा रहेको राजश्व प्रणालीलाई प्रत्यक्ष कर तर्फ लैजादै प्रगतिशिल कर प्रणालीमार्फत नै करका दरहरुलाई परिमार्जन गर्दे राजश्व बढी संकलन गर्ने नीति लिईएको स्पष्ट पार्नुभयो । सोही नीति अनुसार नै आर्थिक विधेयक प्रस्तुत गरिएको उहाँले उल्लेख गर्नुभयो ।
विधेयकमाथिको छलफलमा सांसदहरु दिव्यमणि राजभण्डारी,प्रदिप गिरी, डिला संग्रौला पन्तले धारणा राखेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।