नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – चौधरी ग्रुप(सीजी) ले नेपालमा फोरजी सेवा विस्तार गर्न चिनियाँ कम्पनी हुवावेसँग सम्झौता गरेको छ ।
नेपालका ग्रामीण भेगमा सञ्चार सेवा उपलब्ध गराइरहेको सीजीले फोरजी सेवा विस्तारका लागि हुवावेसँग एक सय मिलियन अमेरिकी डलर(झण्डै ११ अर्ब नेपाली रुपैयाँ) बराबरको सम्झौता गरेको समाचार रोयटर्सले लेखेको छ ।
अमेरिकासँग सुरक्षा चुनौतीलाई लिएर विवाद भैरहेका बेला सीजीले हुवावेसँग महत्वपूर्ण सम्झौता गरेको हो । रोयटर्ससँगको कुराकानीमा सीजीका अध्यक्ष विनोद चौधरीले नेपालको मोबाइल सेवाको बजारमा आक्रामक रुपमा प्रस्तुत हुने बताउनु भएको छ । उहाँले भारतमा रिलायन्सको जियोले झैँ नेपालमा सीजीले मोबाइन फोन सेवा विस्तार गर्ने बताउनुभयो । सीजीले सुरुमा फोरजी विस्तारका लागि झण्डै २५ अर्ब नेपाली रुपैयाँ लगानी गर्ने भएको छ । सीजीले फ्री भ्वाइस सर्भिस दिने भए पनि डेटा, अनलाइन भुक्तानी तथा अन्य सेवामा केन्द्रित हुने बताएको छ ।
हुवावेले फोरजी विस्तारका लागि चौधरी ग्रुपलाई ११ अर्ब बराबरको सञ्चार उपकरण उपलब्ध गराउने भएको छ । सुरुमा फोरजी सेवा उपलब्ध गराए पनि त्यसलाई चाँडै नै फाइभ जीमा स्तरोन्नति गरिने अध्यक्ष चौधरीले बताउनुभयो । ‘हुवावेले अहिले सरकारमातहतको दूरसञ्चार कम्पनीसँग सहकार्य गरिरहेको छ, अब उनीहरुले हामीसँग पनि सहकार्य गर्नेछन्’, चौधरीले भन्नुभयो ।
हुवावे फाइभ जी उपकरण बनाउने विश्वकै अग्रणी कम्पनी हो । यसले विश्वका धेरै दूरसञ्चार कम्पनीसँग सहकार्य गरिरहेको छ । पछिल्लो समय अमेरिकाले हुवावेका उपकरणले सुरक्षा चुनौती थपिने भन्दै उसका सामग्री प्रयोग नगर्न दबाब दिँदै आएको छ । तर हुवावेले भने आफ्ना उपकरणले कुनै पनि प्रकारको सुरक्षा चुनौती नआउने स्पष्ट पार्दै आएको छ ।
फोरजी विस्तारका लागि चौधरी ग्रुपले टर्कीको टर्कसेलसँग प्रविधि र डिजाइनका लागि सम्झौता गरिसकेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले चौधरी ग्रपुले शहरी क्षेत्रमा समेत सेवा विस्तारको लाइसेन्सका लागि अनुमति मागेको बताउनुभयो । चौधरी ग्रुपले निर्धारित मापदण्ड पूरा गरे लाइसेन्स दिन कुनै समस्या नभएको प्रवक्ता अर्यालले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।