सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - एथ्लेटिक्सका अजितकुमार यादवले एनएसजेएफ युवा खेलाडीको अवार्ड हात पारेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको एनएसजेएफ स्पोर्ट्स अवार्डमा अजित उत्कृष्ट युवा वर्ष खेलाडी घोषित भएका हुन् । उनले क्रिकेटका ललितनारायण राजबंशी, करातेका विजय श्रेष्ठ, फुटबलकी मन्जली कुमारी योञ्जन र ब्याडमिन्टनका प्रिन्स दाहाललाई पछि पार्दै युवा वर्ष खेलाडी घोषित भएका हुन् । अजितले अवार्डसँगै ५० हजार रुपैयाँसहित केल्मी नेपाल, गोल्डस्टा र टामेक्सका विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे । उनकाे याेगदान यस्ताे छ:
–राष्ट्रिपति रनिङ शिल्डमा ३००० मिटर र १५०० मिटर दौडमा स्वर्ण
–तेस्रो एसियन युथ एथलेटिक्स च्याम्पियनसिप हङकङ ३००० मिटरमा ९८।३०।३२० को कीर्तिमानी स्वर्ण
–२३औं एसियन एथलेटिक्स च्याम्पियनसिप कतार राष्ट्रिय किर्तिमानमा सुधार
–काठमाडौं म्याराथन ५ किमि खुला रोड रेसमा स्वर्ण
–बन्दीपुर रोड रेस ८ किमिमा स्वर्ण
–मदनभण्डारी रोड रेस ५ किमिमा स्वर्ण ।
त्यस्तै प्याराग्लाइडिङको पुरुष टिमले ‘एनएसजेएफ टिम अफ दी इयर’को अवार्ड जितेको छ । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार स्पोर्ट्स अवार्डमा प्याराग्लाइडिङको पुरुष टोली टिमलाई टिम अफ दि इयर अवार्ड प्रदान गरेको हो ।
प्याराग्लाइडिङको पुरुष टोलीले इण्डोनेसियामा गएकाे वर्ष सम्पन्न १८ औं एसियाली खेलकुदमा नेपाललाई रजत पदक दिलाएका थिए । नेपालले पुरुष टिम क्रस कन्ट्री स्पर्धामा ११ हजार ३ सय ६४ अंक ल्याएर रजत जितेको थियो । नेपाली टोलीमा विजय गौतम, सुशिल गुरुङ, युकेश गुरुङ र विशाल थापा रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।