नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै - कुलेखानी जलाशयमा पानी भरिएपछि पूर्ण क्षमतामा चलाइएको छ । जलाशयमा पानी भरिएपछि कुलेखानी पहिलो ६० मेगावाट र दोस्रो ३२ मेगावाट पूर्ण क्षमतामा चलाइएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।
कुलेखानी पुर्ण क्षमतामा चलेको र अविरल वर्षाका कारण तराईमा विद्युत माग घटेको कारण प्राधिकरणले अहिले ढल्केबर–मुजफ्फरपुर क्रस बोर्डर प्रसारण लाइनबाट जम्मा १ सय ५० मेगावाट विद्युत् आयात गरिरहेको छ ।
अहिले देशभरको विद्युत्को माग करिब ६ सय मेगावाट मात्रै छ । गएकाे वर्षभरिमा जलाशयमा पानीको सतह १५ सय २६ मीटर रहेकोमा यस वर्ष सोमबार बिहानसम्ममा १५ सय २६ मीटर पुगेको छ । साेमबार बिहान साढे पाँच बजे १५ सय २५ दशमलव १७ मीटर रहेको जलाशयको पानीको सतह १० बजे बढेर १५ सय २६ मीटर पुगेको हो । जलाशयमा अधिकतम १५ सय ३१ मीटरसम्म मात्रै पानी भण्डारण हुन सक्छ ।
कुलेखानी क्षेत्रमा लगातार परिरहेको पानीका कारण तीन/चार दिनमै जलाशयमा पानीको सतह करिब २० मीटर बढेको छ । ‘पानी पर्न भरखर सुरु भएको छ, विगतका वर्षमा असोजमा मात्रै भरिने जलाशय यस वर्ष तीन महिना अगाडि नै भरियो,’ उहाँले भन्नुभयो, ‘विगतमा बर्खामा कुलेखानी विद्युत्गृह चल्दैन थियो, अहिले असारमै पानी भरिएपछि कुलेखानीलाई पूर्ण क्षमतामा चलाई भारततर्फबाट हुने विद्युत्को आयातलाई घटाएका छौं ।’
कुलेखानी पहिलो विद्युतगृह पूर्ण क्षमतामा चलाउँदा एक घण्टामा जलाशयको पानीको सतह २ सेन्टिमीटर मात्रै घट्ने कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो । कुलेखानी बर्खाको पानी जम्मा गरी मुख्य रुपमा विद्युत्को अत्याधिक माग हुने हिउँदमा मात्रै चलाउने आयोजना हो । विद्युत्को आवश्यक परेको बेला प्रणालीलाई सन्तुलन कायम गर्न मात्रै कुलेखानी चलाइन्छ ।
सतर्क रहन आग्रह
प्राधिकरणले कुलेखानी जलाशय भरिंदै गएका कारणले पानी निकासका लागि बाँधको गेटहरु खोल्नु पर्ने अवस्था आउन सक्ने भएकाले सर्तक रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । कुलेखानीको पानी बाग्मती नदीमा गएर मिसिन्छ ।
प्राधिकरणले साेमबार दिउँसोसम्म कुलेखानीको पानी केही कम गर्ने योजना बनाएको छ । अहिलेसम्म कुलेखानीको ड्यामले धान्ने क्षमतामै पानीको सतह रहेको र पानी बढ्दै गएमा दिउँसो ड्यामका केही गेट खोल्न सकिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । ठुलो परिमाणमा पानी नखोलिने भएपनि प्राधिकरणले तल्लो तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।
‘जलाशयको पानीको सतह घटाउन जलाशयलाई पूर्ण क्षमतामा चलाइरहेका छौं, यसबाट पनि नघटेमा पानी ‘स्पिल वे’बाट बाहिर जान्छ’ कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।