हकप्रद शेयर निष्कासनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढी आवेदन दिन सक्ने

 असार ३०, २०७६ सोमबार १७:४३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षबाट हकप्रद शेयर निष्कासनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढी आवेदन दिन सक्ने व्यवस्था गर्ने भएको छ ।

बोर्डले सोमबार काठमाण्डौमा सार्वजनिक गरेको आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रममा हकप्रद शेयर निष्कासनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढी आवेदन दिनसक्ने व्यवस्था गर्ने उल्लेख गरिएको हो । लगानीकर्ताहरुको हकलाई ध्यानमा राखेर त्याे प्रावधान राखेर अघि बढने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरिएको बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले जानकारी दिनुभयो ।

त्यसैगरी बोर्डले गएकाे आर्थिक वर्षबाट सुरु भएको ‘एक नेपाली : एक डिम्याट खाता’ सम्बन्धी नीतिलाई पनि प्रभावकारी बनाउने कार्यक्रम तय गरेको छ । बोर्डका अध्यक्ष कार्कीले ५० करोड वा त्यसभन्दा माथिका र एक अर्ब वा त्यसभन्दा बढीको पूँजीमा स्थापित उत्पादनमूलक कम्पनीहरुलाई धितोपत्र बजारमा भित्र्याउन सहजीकरण गर्ने योजना पनि अघि सारेको छ ।

बोर्डले समष्टिगत बजार सुधार तथा विकास नीति अन्तर्गत धितो पत्रको दोस्रो बजारमा सूचना प्रवाहलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन थप डिस्क्लाेजरको व्यवस्था गर्ने पनि जनाएको छ ।

पूँजी बजारको गतिशील विकासमा सहयोग पुर्‍याउने उद्देश्यले स्थापित नागरिक लगानी कोषलगायतका विशेष ऐनद्वारा स्थापित यस्तै प्रकृतिका संस्थाहरुलाई सहायक कम्पनी स्थापना गरी संस्थागत लगानीकर्ताको रुपमा तथा धितोपत्र डिलर कारोबारको सुरुवात गराउन आवश्यक सहजीकरण गर्ने पनि बोर्डको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया