पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
माेरङ - लोक सेवा आयोगले विज्ञापन निकाल्दा विभेद गरेको भन्दै प्रदेश नम्बर १ बन्दको आह्वान गरी बन्द गराउँदै हिँडेका नेपाल आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष राम माण्डुप राईलगायत १५ जना पक्राउ परेका छन् ।
संघीयता र समानुपातिक समावेशी सिद्धान्तको मर्मविपरीत लोक सेवा आयोगले विज्ञापन गरेको भन्दै त्यसको विरोधमा प्रदेश नम्बर १ बन्दको आह्वान गरेर बन्द गराउँदै हिँडेकाहरुलाई सुनसरीको इटहरीबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष राम माण्डुप राई, तामाङ घेदुङ संघका चन्द्र तामाङलगायतका आफना नेता कार्यकर्ताहरु पक्राउ परेको भुजेल सेवा समिति इटहरीका अध्यक्ष नेत्रबहादुर भुजेलले जानकारी दिनुभयाे । इटहरी चोकमा भेला भएर बन्द गराउँदै हिँडेका १५ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले स्वीकार गर्नुभयाे ।
लोक सेवाको विज्ञापन गर्दा आरक्षण हटाइएको भन्दै 'आरक्षण बचाऔंँ' नाम दिएर आन्दोलन थालेको नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नम्बर १ ले शुक्रबार लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुत्ला दहन समेत गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।