अर्थतन्त्रमा सुधार आएकोले ढुक्कसँग लगानी गर्नुहोस् : अर्थमन्त्री प...
मंसिर १५, २०८१ शनिबार
श्रीलंकाली टिमका प्रशिक्षक चण्डिका हतुरुसिंघालाई बर्खास्त गर्न त्यहाँका खेलकुद मन्त्री हारिन फर्नान्डोले आदेश दिएका छन् ।
यो काम उनले विश्वकप अघि नै गर्न चाहे पनि त्यतिबेला गर्न सकेका थिएनन् । तर आईसीसी विश्वकप क्रिकेटमा श्रीलंकाको प्रदर्शनका कारण उनलाई हटाउने विषयमा मन्त्रीको इच्छा पूरा हुने भएको छ ।
श्रीलंकाले इंग्ल्याण्डमा खेलेका ९ मध्ये जम्मा ३ खेलमा मात्र जित हात पारेर समूह चरणबाट आउट भएको थियो । श्रीलंका क्रिकेट स्रोतका अनुसार प्रशिक्षक चन्द्रिका हतुरुसिंघा र उनका सहायकहरुलाई बंगलादेश सिरिजपछि हटाइनेछ । बंगलादेशको टिम २६ जुलाई देखि सुरु हुने सिरिज खेल्न शनिबार कोलम्बो पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।