सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक
मंसिर १५, २०८१ शनिबार
आईसीसी टी–२० विश्वकपको एसिया छनोटअन्तर्गत कुवेतविरुद्धको खेलमा नेपालले सुरुमै तीन विकेट लिएको छ ।
छैटाैँ ओभरको पहिलो बलमा नेपाललाई बसन्त रेग्मीले दोस्रो सफलता दिलाएका हुन् । रेग्मीले आफ्नो स्पेलको पहिलो बलमा नै कुवेतका रविजा सन्दुरुवानलाई बोल्ड गरेका हुन् । उनी १६ बलमा १५ रन बनाएर आउट भए । त्यस्तै छैटाैँ ओभरकाे अन्तिम बलमा अदनान इन्द्रीसलाई बसन्तले शरद भेषावकरबाट क्याचआउट गराए ।
त्यसअघि नेपालका लागि दोस्रो ओभरको पहिलो बलमै करण केसीले पहिलो सफलता दिलाएका थिए । आफ्नो स्पेलको पहिलो बलमै उनले कुवेतका मीत भाव्सरलाई विकेटकीपर विनोद भण्डारीबाट क्याचआउट गराएका हुन् ।
ताजा अवस्थामा कुवेतले ७ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५५ रन बनाएको छ ।
शुक्रबार भएको खेलमा कुवेतले कतारलाई र सिंगापुरले मलेसियालाई हराएपछि नेपालको अन्तिम चरणमा पुग्ने सम्भावना बलियो भएको छ । यस्तै अवस्थामा नेपाली टिमको पहिलो लक्ष्य कुवेतविरुद्धको खेलमा जित निकाल्ने रहेको छ ।
हाल अंकतालिकाको दोस्रो स्थानमा रहेको कुवेत नेपालभन्दा वरीयतामा तल रहेको टिम हो । ८ वर्षपछि टी–२० क्रिकेटमा खेल्न लागेका यी दुई टिममा यो खेल जितेमा कुवेतको पनि ग्लोबल छनोटमा पुग्ने सम्भावना कायम रहनेछ । त्यसैले पनि उसले नेपालविरुद्ध जितको लक्ष्य लिएर नै मैदानमा उत्रनेछ ।
यता नेपालका लागि अब सबै खेल गर या मरको अवस्थामा रहेका छन् । शनिबार कुवेतविरुद्ध हारेमा नेपालको विश्वकप खेल्ने सपना अधुरो रहनेछ ।
नेपाल र कुवेत अन्तिम पटक टी–२० मा २०११ को एसीसी टी-२० कपमा खेलेका थिए । जसमा नेपालले एक रनले जित निकालेको थियो । त्यसअघि नेपाल र कुवेत २००९ मा यही प्रतियोगितामा खेल्दा बराबरी भएको थियो ।
लाइभ हेर्नुहाेस्
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।