सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले दक्षिण एशियाली खेलकुद प्रतियोगिता-‘साग’ निर्धारित समयमा नै हुने भन्दै शंका नगर्न आग्रह गर्नुभएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले शनिबार काठमाण्डौमा गरेको कार्यक्रममा परिषद्का सदस्य सचिव सिलवालले कार्यविधि र पूर्वाधारका कारणले खेल नरोकिने बताउनुभयो ।
उहाँले केही खेलका लागि वैकल्पिक रंगशालाको व्यवस्था पनि गरिएकाले कार्यविधि र पूर्वाधारका कारणले खेल प्रभावित नहुने स्पष्ट पार्नुभयो । प्रतियोगिता गर्न राष्ट्रले प्रतिबद्धता जनाइसकेकाले कुनै पनि बहानामा त्यसबाट पछि हट्न नमिल्ने उहाँले तर्क गर्नुभयो ।
उहाँले सार्वजनिक खरिद ऐन र कार्यविधिमा केही जटिलताहरु भए पनि त्यसबारे सम्बन्धित निकायमा आफूले कुरा राखिसकेकाले फास्ट ट्रयाक मार्फत् गएर भए पनि प्रतियोगिता सञ्चालन गरिने बताउनु भयो । साथै प्रधानमन्त्री, अर्थमन्त्री र खेलकुद मन्त्रीले बजेट अभावमा खेल नरोकिने आश्वासन दिएको पनि उहाँले जानकारी गराउनुभयो ।
रंगशाला निर्माण, रंगशालासम्मको सडक विस्तारलगायत खेलका पूर्वाधार तयार नहुनु, बजेट तथा सार्वजनिक खरिद ऐन र परिषद्को कार्यविधिमा देखिएको जटिलताले दक्षिण एसियाली खेलकुद प्रतियोगिता नेपालमा नहुने हो कि भन्ने आशंका बढिरहेको छ । यही सन्दर्भमा नवनियुक्त परिषद्का सदस्य सचिव सिलवालले प्रतियोगिता कुनै पनि बहानामा नरोकिने बताउनुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।