पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
डोटी – छाउपडी प्रथाले विकराल रुप लिन थालेपछि डोटी जिल्लाका पालिकाहरुले विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेका छन् । यही क्रममा डोटीको पूर्वीचौकी गाउँपालिकाले नयाँ योजना ल्याएको छ ।
छाउपडी प्रथा अर्थात महिनावारी नबार्नेलाई पुरस्कारस्वरुप तीन हजारदेखि पाँच हजार रुपैयाँसम्म प्रदान गर्ने नीति पारित गरेको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले बताउनु भयो । ‘हामी छाउपडी प्रथा अन्त्य गर्ने योजनामा छौँ, छाउपडी नबार्ने महिलालाई पुरस्कारस्वरुप पैसा दिनेछौँ ।’
यस्तै छाउ अर्थात् महिनावारी बार्ने महिलालाई गाउँपालिकाबाट प्रदान हुने सेवा नदिने नीति पनि रहेको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाकाअनुसार छाउपडी बार्नेलाई मृत्यु दर्ता, जन्मदर्ता, सामाजिक सुरक्षा भत्ता, विवाह दर्तालगायतका सुविधामा अप्ठ्यारो पर्न सक्छ ।
छाउपडी प्रथाका कारण महिलाको ज्यान असुरक्षित हुने र कुसंस्कारले समेत निरन्तरता पाउने भएपछि छाउपडी प्रथा अन्त्यका लागि नयाँ योजना ल्याइएको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिल्लाभरिमै बदनाम हुँदै आएको छाउपडी प्रथा हामी अन्त्य गरेरै छोड्छौँ ।’
गाउँपालिकाको यो नीतिलाई त्यहाँका बासिन्दाले स्वागत गरेका छन् ।
महिनावारी भएकी महिला घरमा बसे देवी, देवता रिसाउने तथा घरमा अनिष्ट हुन्छ भन्ने अन्धविश्वासका कारण डोटेली महिलाहरु छाउपडी कुप्रथा बार्न वाध्य छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।