सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक
मंसिर १५, २०८१ शनिबार
सिंगापुरमा भएको टी–२० विश्वकप एशिया छनोट खेलेर नेपाली टिम साेमबार राति स्वदेश फिर्ता हुने भएको छ । सिंगापुरसँग आइतबार भएको खेलमा ८२ रनले पराजित भएसँगै ग्लोबल छनोटमा पुग्न असफल भएको नेपाली टिम राति साढे १० बजे काठमाडौं आइपुग्ने जनाइएको छ ।
पहिलो खेलमा कतारसँग पराजित भएको नेपाल अन्तिम खेलमा सिंगापुरसँग पराजित भएसँगै अर्को वर्ष हुने विश्वकप क्रिकेटका लागि ग्लोबल छनोट खेल्ने सपना सकिएको छ ।
नेपाली टिमका तीन जना सदस्य भने नेपाल आउने छैनन् । सोमपाल कामी र सन्दीप लामिछाने उतैबाट क्यानडामा सुरु ग्लोबल टी-ट्वान्टी खेल्न पुगेका छन् । यसैगरी प्रशिक्षक उमेश पट्वाल पनि नेपाली टिमसँगै नआउने बताइएको छ ।
पटवाल उतैबाट लण्डन लागेका छन् । पटवालले लण्डनमा आफू छोरी भेट्न जान लागेको र विदा मनाएर नेपाल फर्कने जानकारी दिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।