अक्टाेबरसम्म पनि क्यानकाे प्रतिबन्ध फुकुवा भएन भने म हेडक्वार्टर नै पुग्छु : सदस्य सचिव सिलवाल

 साउन १५, २०७६ बुधबार १८:१९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले आईसीसीले नेपाल क्रिकेट संघमाथि लगाएकाे प्रतिबन्ध चाँडै फुकुवा हुने दाबी गर्नुभएको छ । 

आफ्नै कार्यक्रक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सदस्य सचिव सिलवालले आईसीसीको अक्टोबरमा हुने बैठकले नेपाली क्रिकेटको प्रतिबन्ध फुकुवा हुने दावी गर्नुभयो ।

तर त्यसअघि आईसीसीले दिएको म्याण्डेटअनुसार नेपालले सबै प्रक्रिया पूरा गर्नुपर्ने भएकाले अहिले त्यसै अनुसार काम भइरहको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,  ‘जिल्ला–जिल्लामा निर्वाचन भैरहेका छन्, जिल्लापछि प्रदेश र केन्द्रमा निर्वाचन हुन्छ, त्यो निर्वाचनबाट आउने परिणामलाई सबैले स्वीकार गर्नुपर्छ ।’

सदस्य सचिव सिलवालले अक्टोबरमा पनि आईसीसीले निलम्बन फुकुवा नगरे आफैँ पदाधिकारी भेट्नका लागि आईसीसीको हेडक्वार्टर पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो,  ‘अक्टोबरसम्म पनि निलम्बन फुकुवा भएन भने ६ महिनाभित्र म आईसीसीमै गएर त्यहाँका पदाधिकारीसँग छलफल गरेर निलम्बन फुकुवा गराउँछु ।’ 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया