नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
दक्षिण कोरियाकाे ग्रेस रोड चर्चकी संस्थापक शिन ओक जु लाई छ वर्षको जेल सजाय तोकिएको छ ।
बीबीसीका अनुसार ग्रेस रोड चर्चकी संस्थापक जु ले सन २०१४ मा करिब चार सय जनालाई प्राकृतिक प्रकोपबाट बच्न सकिने भन्दै फिजीमा बसाइ सर्नका लागि राजी गराएकी थिइन् ।फिजी पुर्याइएपछि उनीहरुलाई बन्धक बनाइएको तथा हुलदंगा मच्चाउने काममा लगाएको थियाे । बन्धक बनाइएका ४०० मध्ये सबैको पासपोर्ट खोसेर राखिएको थियो भने तीमध्ये केहीले आत्मा भगाउने भन्दै कुटपिट गरिएकोसमेत उजुरी गरेका थिए ।
यसै सम्बन्धमा शिनलाई गएकाे जुलाई महिनामा पक्राउ गरिएकाे थियाे ।
ग्रेस रोड चर्चको अमानवीय व्यवहारबाट फुत्किन सफल एक पीडितले आफूले आफ्नो सम्पूर्ण परिवार धार्मिक अन्धविश्वासका कारण गुमाएको गुनासो गरेको बीबीसीले जनाएको छ ।
सोमबार दक्षिण कोरियाको एउटा अदालतले शिनलाई हिंसा, बाल दुराचार तथा ठगीलगायत विभिन्न आपराधिक मुद्दाहरुमा दोषी ठहर्याएको थियो ।
‘पीडितहरुलाई मरणासन्न हुने गरी कुटपिट गरिएको र शारीरिकका साथै मानसिक डर त्रास र यातना दिइएको पाइयो’, दक्षिण कोरियाको सुवन जिल्ला अदालतको उप अदालतले भनेको छ ।
उप अदालतले अगाडि भनेको छ, ‘धर्मको नाउँमा गरिएको गैरकानुनी कारबाहीबापत कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’
चर्चकी संस्थापक शिनसँगै चर्चका अन्य पाँचजना अधिकारीहरुलाई पनि सजाय सुनाइएको छ भने यसबारेमा चर्चले कुनै आधिकारिका धारणा वा प्रतिक्रिया सार्वजनिक गरेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
भगवान घिमिरे
Aug. 2, 2019, 9:27 a.m.नेपालमा आएर नेपालका वर्तमान र पुर्व प्रधानमन्त्री हरुलाई समेत प्रभावमा पारेर होलि वाइन पिलाउने यिनै नकचरि होइनन। यस्ता अपराधीलाइ हाम्रा नेताहरुले भगवान नै ठानेर टाउकोमा टेकाएका मात्रै होइनन होलि वाइन समेत पिएका थिए । बल्ल थाहा भो होला नि विदेशी अपराधी फिरंगी हरु नेपाल आएर सरिफ बन्दै देशको धर्म,संस्कृति र परम्परालाइ तहस नहस पार्न कति सम्म गर्छन भन्ने। यो कुरा माधव नेपाल र केपी ओली लगाएत लाइ थाहा छ कि छैन ?????