स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडको विजयी सुरुवात

 भदौ २, २०७६ सोमबार ६:५३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा गेटाफेविरुद्ध एक शून्यको संघर्षपूर्ण जित निकाल्यो ।

दुई जना खेलाडीले रातो कार्ड पाएको खेलमा एट्लेटिकोको जितमा अल्भेरो मोराटाको एकमात्र गोल निर्णायक बन्यो । निकै फल भएको खेलको २३ औं मिनेटमा मोराटाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । 

३८ औं मिनेटमा गेटाफेका जोर्ग मोलिन भिडेइले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा झर्न पुग्यो । तर त्यसको चार मिनेटपछि एट्लेटिको पनि १० खेलाडीमा नै झर्‍यो । उसका रेनन लोडी दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिए ।

पुरै खेलमा ५ उत्कृष्ट प्रहार गरे पनि एट्लेटिकोले एक गोल मात्र गर्न सक्यो । यता गेटाफेले ६ वटा सट पोष्ट नजिक प्रहार गरे पनि फ्रेममा परेन । लिगको पहिलो खेलमा जित निकालेपछि एट्लेटिकोले तीन अंक बटुलेको छ ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया