पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
डोटी – सुदूरपश्चिम प्रदेश अहिले गौरामय भएको छ । सुदूर पश्चिमेलीहरुको महान पर्व गौराको रौनक सुदूरपश्चिममा दिनानुदिन बढ्दै गएको छ ।
गौरा पर्वको अवसरमा यहाँका मुख्य बजार तथा ग्रामीण क्षेत्रहरुमा स्थानीवासीको चहलपहल बढेको छ भने गाउँघरमा बिहीबार गौरा भित्र्याएसँगै गौरासम्बन्धी खेल तथा सुदूर पश्चिमको प्रसिद्ध खेल देउडा प्रतियोगिता भैरहेका छन् ।
गौरा पर्वकै लागि विदेश गएका डोटेलीहरु पनि आ–आफ्नो घर फर्किएकाले पनि गाउँमा गौराको रौनक बढेको जोरायल गाउँपालिका-३ की स्थानीय तथा सामाजिक परिचालिका लक्ष्मी ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘काम विशेषले घर बाहिर रहेका तथा धन कमाउन परदेश गएकाहरु पनि अहिले घर फर्किएका छन्, गाउँमा चहलपहल दशैँभन्दा कम छैन ।’
अघिपछि घरधन्दामा मात्र व्यस्त देखिने सुदूरपश्चिमका अधिकांश गृहिणी महिलाहरुलाई गौरा पर्वले फुर्सदिलो बनाएको डोटी गोगनपानीकी पवित्रा खत्रीले बताउनु भयो । ‘सधैँ घरकै काममा मात्र व्यस्त हुने यहाँका महिलाहरु गौरा पर्व सुरु भएपछि फुर्सदिला भएका छन्, बिहान काम गर्छन् र साँझ देउडा खेल्न व्यस्त हुन्छन् ।’
गौरा खेल तथा देउडा खेल्नमा धेरैजसो महिला सहभागिता बढी रहने गरेको दिपायल सिलगढी नगरपालिका-३ का स्थानीय घनश्याम पाठकले बताउनु भयो ।
गौरा पर्वका बेला पुराना धार्मिक क्रियाकलाप, देवी देवताका लीला तथा राजा र प्रजाका घटनामा आधारित कथाहरुलाई गीतका माध्यमबाट देउडा खेलिन्छ । ‘गौरामा पुराना बितेका कालका घटनामा आधारित घटनालाई गीत बनाएर देउडा खेलिने भएकाले यसको महत्व र खेलको राैनक नै अर्कै हुन्छ’, जोरायल गाउँपालिका-५ का वडाअध्यक्ष तथा गितारु (गौरासम्बन्धी गीत हाल्ने) ध्वजबहादुर देउवाले भन्नुभयो ।
बजारमा हुने आधुनिक किसिमका देउडा खेल तथा नाचले सुदूरपश्चिमको गौरा पर्वको मौलिकता बिस्तारै हराउँदै गएको बुढापाकाहरुको गुनासो रहेको छ । गौरा पर्वमा महिला पुरुष छुट्टाछुट्टै रुपमा गोलबद्ध भएर खेल खेल्दा सहभागीहरुबीच दोहोरो सवाल जवाफको प्रतिस्पर्धा हुने गर्दछ ।
यति मात्र नभइ कतिपय विवाहित महिलाले निराहार व्रत बसेर गौरा घरमा भगवान शिव र पार्वतीको पूजा गर्ने गर्दछन् । यो पर्वमा शिव पार्वतीलाई पूजा गर्दा अक्षताका रुपमा प्रयोग गरिने ‘बिरुडा’ अर्थात् पाँच थरी गेडागुडी मिसाएर भिजाइएको वस्तुको ठूलो महत्व हुन्छ । पूजा गर्दा अक्षताका रुपमा प्रयोग हुने र पूजा सकिएपछि सबैले प्रसादका रुपमा ग्रहण गर्ने हुँदा बिरुडाको महत्व बढेको स्थानीयहरु बताउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।