पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
डोटी - सुदूरपश्चिमको संस्कृतिको धरोहरका रुपमा रहेको प्रसिद्ध गाैरा पर्वमा गौरा देवीलाई बिहीबार विधिवत रुपमा बिदाइ गरिएको छ ।
बुधबार रातभर नाटक, तुलछाका खेल तथा अन्य मनोरन्जनात्मक खेल डेउडा खेलेर बिहीबार डोटेली बासीले आज गौरादेवीको बिदाइ गरेका हुन् ।सुदूर पश्चिमेलीले गएकाे बिहीबार विधिवत रुपमा गौरा भित्र्याएका थिए ।
सुदूरपश्चिमका अन्य केही जिल्लामा बुधबार नै गौरादेवीको विसर्जन गरिए पनि डोटीको जोरायल,भूमिराजमाण्डौ तथा गड्सेरा क्षेत्रमा भने स्थानीयले गौरादेवीको साइत सारेर बिहीबार बिदाइ गरेको जोरायल गाउँपालिका ५ की स्थानीय राधादेबी विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, परदेशमा रहेका दाजुभाइ घर आएकाले उहाँहरुको आग्रहमा हामीले एक दिनका लागि गौरा देवीको साइत सारेका थियौँ, अब अर्को वर्षमा आउने निम्तो दिँदै आज बिदाइ गर्यौँ ।
यतिमात्र नभइ त्यस क्षेत्रमा बिहीबार गौरादेवीको बिदाइ गर्ने दिन चढाएका फलफुलहरु फाल्ने अर्थात अठमल्लि उरेलियाे । उरेलिएका अठमल्लि (फलफुल) ज–जस्को हातमा परे यो वर्ष उस्लाई जागिर तथा सन्तान प्राप्ति हुने, सोचेको पुग्ने जन विश्वास रहेका कारण उरेलिएका अठमल्लि छोप्नेहरुको निकै घुइँचो लागेकाे थियाे । अठमल्लि छोप्नेमा सबैभन्दा बढी बेरोजगार युवा तथा अविवाहित महिलाहरु धेरै रहेकाे स्थानीयकाे भनाइ छ ।
कामका लागि भारत तथा अन्य देशमा गएका मानिसहरु गौरा पर्व मनाउन घर फर्किने गर्दछन् ।अन्यत्र गएकाहरु फ्रकिएकाले यस वर्ष पनि गाउँघरको व्यापार तथा चहल पहल निकै बढेको थियो । गौरा भित्र्याएको दिनदेखि तीन वा त्योभन्दा बढी सात दिनसम्म यहाँका महिला तथा पुरुषहरुले गौरासम्बन्धी खेल खेलेर रमाइलो गर्ने गर्दछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।